दमौली माघ १३
नेपाल मगर विद्यार्थी संघको महाधिवेशन आजवाट दमौलिमा हुदैछ । अधिवेशनको केहि समयपछि अर्थमन्त्रि वर्षमान पुनले उद्घाटन गर्नुहुनेछ । दमौली बजारका विभिन्न स्थानहरुमा महाधिवेशनको व्यानर र पर्चा टाँगिएका छन् । यसले दमौली महाधिवेशनमय भएको छ ।
दमौली प्रवेश गर्ने स्थानहरुमा स्वागत गेटको पनि निर्माण गरिएको छ । ‘मगरात स्वायत्तता सहितको अखण्ड र समृद्ध नेपाल निर्माणका लागि हाम्रो आन्दोलन, वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणालीको पक्षमा सातौँ राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराको साथ आयोजना हुने महाधिवेशनमा देशभरबाट ४ सय प्रतिनिधिहरुको सहभागिता रहने नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य सुमन थापा मगरले जानकारी दिएका छन् ।
महाधिवेशनमा मगर समुदायको सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको छ । महाधिवेशनमा उद्घाटन गर्न अखिल कन्तकिारकिा अध्यक्ष हिमाल शर्मा,नेविसंघका निवर्तमान अध्यक्ष प्रदिप पौडेल अनेरासववियुका केन्द्यि सचिव रचना खड्का लगाएत दमौलमिा आउनुभएको छ ।