Responsive Ad Slot

latest

माओवादीका शीर्ष नेताहरु आज पनि छलफलमा, केन्द्रीय समितिको बैठक स्थगित I

Tuesday, January 10

/ by Admin BHOLA THAPA

काठमाडौं पुस २६ गते ।

पार्टीभित्रको विवाद अन्त्यका लागि छलफलमा जुटेको माओवादीको आजका लागि बोलाईएको केन्द्रीय समितिको बैठक पनि स्थगित भएको छ । पार्टीभित्रको दुई पक्षबीचको विवाद तत्कालका लागि समाधान गर्ने सहमति भए पनि एकीकृत मस्यौदाका बारेमा अझै सहमति जुट्न बाँकी रहेकाले केन्द्रीय समितिको बैठक स्थगित गरिएको स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले जानकारी दिनुभयो ।

उहाँले आज दिनभर छलफल गरेर एकीकृत मस्यौदाको खाका तयार पार्ने बताउनुभयो । माअ‍ोवादी केन्द्रीय समितिमा पेश भएका दुईवटै प्रस्तावलाई तत्कालका लागि थाति राख्ने सहमति नेताहरुबीच भएको छ । यही पुस ९ गतेदेखि सुरु भएको माओवादी केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुले बोल्नेक्रम सकिएपछि शीर्ष नेताहरु पार्टी विवाद मिलाउने गृहकार्यमा जुटेका हुन् ।

शान्ति र संविधान केन्द्रीत अध्यक्ष प्रचण्डको प्रस्तावको विपक्षमा वरिष्ठ उपाध्यक्ष बैद्यले छुट्टै प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस गर्नु भएको थियो । उपाध्यक्ष बैद्यको प्रस्तावमा जनविद्रोहमा जानुपर्नेमा जोड दिइएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI