Responsive Ad Slot

latest

८० वर्षीय वृद्धको आगोमा जलेर मृत्यु I

Tuesday, January 24

/ by Masti Entertainment
मधुसुधन गुरागाईं, बनेपा, माघ १०,

मंगलबार बिहानै घरमा आगलागी हुँदा काभ्रे, वाल्टिङ-५, खोलाघारीका एक ८० वर्षीय वृद्धको जलेर मृत्यु भएको छ। आगलागीबाट मंगलबहादुर श्रेष्ठको मृत्यु भएको उनका भतिजा राजकुमारले फोनमा भने।

बिहान २ बजेदेखि लागेको आगोले दुई वटा कच्ची घर जलेर पूर्ण नष्ट भएको उनले बताए। आगलागीबाट करिब ४ लाखको धनमालको क्षति भएको प्रारम्भिक अनुमान छ।

सो ठाउँ जिल्ला सदरमुकाम धुलिखेलबाट ९० किलोमिटर दूरीमा रहेको घटनास्थलमा समाचार तयार पार्दासम्म प्रहरी पुगिसकेको थिएन। प्रहरीले त्यता जाँदै गरेको बताएको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI