चितबन ,पौष २२ गते ।

संविधानसभाको निर्वाचन पछि प्रत्येक महिना जिल्ला आउने कार्यक्रम अनुसार गृह जिल्ला आउनुभएका प्रधानमन्त्रि डा.भट्टराईले आज उद्योग वाणिज्य संघ गोर्खाको वार्षिक साधारणसभाको उद्घाटन गर्नुहँुदै शान्ति प्रक्रिया टुङग्याई थपिएको समय भित्र यदी संविधान जारी गर्न नसके आफु इतिहाँसको कठघरामा उभिन तयार रहेको जिकिर गर्नुभयो ।
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहनु भएका प्रधानमन्त्रि डा.भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणको पक्षमा नरहने तत्वका कारण जनताले अपेक्षा गरे अनुरुप आफुले काम गर्न नसकेको स्वीकार्दै डा. भट्टराईले आफु राजधानी फर्के लगत्तै प्रमुख दलका शिर्ष नेताहरु संग घनिभुत छलफल गरेर संविधानको विवादीत वुदाहरुमा सहमति गरेर अगाडी वढ्ने जानकारी दिनुभयो ।गोर्खा क्षेत्र न.२ वाट संविधानसभाको निर्वाचनमा भारी मतले विजयी वन्नुभएका डा.भट्टराईले विगतमा गरिएका सहमतिहरुलाई आफ्नो दल माओवादीले पालना गर्न कुनै कन्जुस्याँई नगरिने वताउँदै नयाँ नयाँ वखेडा निकालेर संविधान निर्माणको प्रक्रियामा अवरोध नगर्न नेपाली काँग्रेसलाई आग्रह समेत गर्नुभयो ।