रवि रोषी
दोहा-कास्की आदर्श सेवा समाज दोहा कतारले नेपालबाट आएका कलाकारहरुलाई एक बिशेष कार्यक्रमको आयोजना गरी प्रशंशापत्र प्रदान गरी बिदाई गरेको छ । समाजका अध्यक्ष राम प्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजका सल्लाहकार विमल सुवेदीको पनि उपस्थिती रहेको थियो । परिचायत्मक कार्यक्रमबाट प्रारम्भ भएको सो कार्यक्रममा कार्यत्रमका आयोजक हरि पुनलाई कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद प्रकट गरेका थिए भने पुनले पनि सो कार्यक्रममा सहयोग गर्ने कास्की आदर्श सेवा समाज तथा अन्य विभिन्न सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यक्रममा फेवा साँस्कृतिका परिवारका सल्लाहकार विमल तमु लगायत समाजका विभिन्न व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।
