Responsive Ad Slot

latest

यूकेमा सम्सारा शुभकामना साँझ I

Tuesday, February 28

/ by Admin BHOLA THAPA
बेलायतमा बस्ने नेपालीहरुलाई मध्यनजर गर्दै सम्सरा रेमिट्यान्सले ‘सम्सारा शुभकामना साँझ–२०६९’ गर्ने भएको छ । नेपालका चर्चित कलाकारहरु राजेश हमाल, दीपकराज गिरी, दीपाश्री निरौला, हिमाल सागर, क्रान्ति आलेलगायतका कलाकारहरुको सहभागितामा हुन गएको यस सांस्कृतिक कार्यक्रमले बेलायतमा छरिएर रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्ने भएको आयोजक संस्थाका अध्यक्ष राजाराम गिरीले बताएका छन् ।


बेलायतका चारवटा स्थानहरुमा गरिने उक्त कार्यक्रम नयाँ वर्ष २०६९ को इभमा सुरु गरिने भएको छ । बेलायतमा बसेर कानूनी रुपमा रेमिट्यान्सको काम गर्दै आएको संस्था सम्सरा यूकेले गर्न लागेको यस कार्यक्रमले बेलायत लगायतका देशहरुबाट गैरकानूनी रुपमा हुण्डी गर्दै आएका व्यक्तिहरुलाई निरुत्साहित पार्ने लक्ष्यका साथ अघि बढेको अध्यक्ष गिरीले बताए । कार्यक्रमको उद्देश्य फरक भए पनि बेलायतमा रहेका डेढ लाख नेपालीहरुका माझमा नेपालका चर्चित कलाकारहरुलाई लगेर कार्यक्रम गरेर मनोरञ्जन प्रदान गर्नु नै हो, अध्यक्ष गिरीले बताए । कार्यक्रममा राजेश हमाल, दिपकराज गिरी, दीपाश्री निरौला, हिमाल सागर, क्रान्ति आलेका साथमा बेलायतमै रहेका कन्दरा समूहले आफ्नो प्रस्तुति देखाउने भएका छन् ।म्युजुक खबर
Don't Miss
© all rights reserved
made with by netKUTI