Responsive Ad Slot

latest

स्याङ्जाको वालसिद्ध क्याम्पसमा स्नातक सम्मको पढाई निशुल्क I

Tuesday, February 28

/ by Masti Entertainment
लोकराज भण्डारी, फागुन १६,

रेडियो स्याङ्जा स्याङ्जाको केवरेभञ्ज्याङ् गाउँ विकास समिती १ मा रहेको वालसिद्ध क्याम्पसले कक्षा ११, १२ र स्नातक सम्मको उच्च शिक्षामा विद्यार्थीको भर्नादेखि मासिक शुल्क नलिने भएको छ ।

निशुल्क रुपमा पढ्न पाउने भएपछि उच्च शिक्षाका लागि लाखौ खर्च गरेर बाहिर जाने स्थानियलाई सुविधा पुगेको छ । स्थानीय अविभावक बखत बहादुर गुरुङले क्याम्पसले विद्यार्थीलाई भर्ना, माशिक शुल्क मात्र होइन पुस्तक पनि निशुल्क रुपमा प्रदान गर्दै आइरहेको बताउनुभयो ।

क्याम्पसले ११ र १२ मा करिब दुई सय र स्नातक तहका करिब ४० विद्यार्थीहरुलाई निशुल्क रुपमा पढाउदै आएको क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त रेग्मीले बताउनुभयो । क्याम्पसको ४१ रोपनी जग्गालाई सदुपयोग र व्यापारिक भवनको भाडाले विद्यालयको सबै खर्चको व्यावस्थापन भैरहेको छ ।

बार्षिक तीन लाख भाडा उठ्ने भवनमा तला थपेर बर्सेनि करीब ६ लाख रकम उठाउन थालेपछि स्नातक कक्षामा पूरै निशुल्क रुपमा पढाउने योजना रहेको रेग्मीले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI