Responsive Ad Slot

latest

पुनद्वारा केशवटार उमाविमा इन्टरनेट जडान I

Tuesday, February 28

/ by Admin BHOLA THAPA

दमौली, फागुन १६- म्यागासेसे पुरस्कार विजेता महावीर पुनले तनहुँको केशवटार उच्च माविमा वायरलेस इन्टरनेट जडान गरिदिनुभएको छ ।



विद्यार्थीलाई कम्प्युटर शिक्षा पठनपाठन गराउन सहयोग पु¥याउने उद्देश्यले पुनले उक्त विद्यालयमा वायरलेस इन्टरनेट जडान गरिदिनुभएको हो ।

अमेरिकी पिस कोर भोलेन्टियर पिपुल ग्रुपबाट प्राप्त सात हजार अमेरिकी डलर (करिब रु पाँच लाख ६० हजार) ले वायरलेस इन्टरनेट जडान गरिएको विद्यालयका प्राचार्य काजीमान श्रेष्ठले बताउनुभयो ।

इन्टरनेट सुविधा सहितका १५ वटा कम्प्युटर जडान गरी विद्यार्थीलाई कम्प्युटरको आधारभूत ज्ञान दिइने उहाँले जानकारी दिनुभयो । सो कार्यक्रमबाट प्रत्येक वर्ष ५०० भन्दा बढी विद्यार्थी लाभान्वित हुने बताइएको छ । रासस
Don't Miss
© all rights reserved
made with by netKUTI