म्याग्दी, ८ फागुन
महाशिवरात्रि पर्वको अवसरमा भगवान शिवको पुजाआराधनको लागी म्याग्दीको प्रसिद्व गलेश्वरधाममा भक्तजनहरुको घुईचो लागेको छ । विगतको बर्षभन्दा यो बर्ष गलेश्वरमा उल्लेख्य रुपमा भक्तजनहरु शिवरात्रीमा पुजाआराधनको लागी आएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
विहानैदेखी प्रसिद्व कालिगण्डकी नदिमा स्नान गनेर्् र गलेश्वर शिवालय क्षेत्र परिसरमा रहेको १ सय ८ शिवलिङ्गको पुजाआरधना तथा शिव मन्दिरमा पुजापाठको लागी धौलागीरि अञ्चलको म्याग्दी, पर्वत, बाग्लुङ्ग, मुस्ताङ्गका साथै चितवन, कास्की, नवलपरासी, रुपन्देही लगायतका ठाउँहरुबाट भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब माधब प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
यसैगरि महोत्तरीको जलेश्वरमा रहेको महादेव मन्दिर महा शिवरात्रि मेला लागेको छ । मेलामा आज मात्रै ३० हजार भन्दाबढि दर्शनार्थिले मेलाको अवलोकन गरेका छन् । भारतको नजिकै पर्ने भएकोले पनि भारतिय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।