बाग्लुङ, ८ फागुन
कांग्रेस सभापती शुसिल कोईरालाले माओवादीले सर्वसत्तावादी सोच नत्यागे पतन हुने दावी गर्नुभएको छ । नेपाली काग्रेस दगातुम्डाडा वाग्लुङले खर्वाङमा आयोजना गरेको कार्यक्रममा कोइरालाले माओवादीको ब्यवहार अझै पनि सर्वसत्तावादी सोच उन्मुख भएको टिप्पणी गर्नुभयो । उहाँले प्रजातन्त्रको दिगो विकास नभएसम्म विकास संभव नभएको जिकिर गर्नुभयो ।
जातियताका आधारमा राज्य पुर्नसंरचना भए देशमा ठुलो द्धन्द हुने भएकाले जातियताको आधारमा पुर्नसंरचना गर्न नसकिने कोईरालाको टिप्पणी थियो । उहाँले माओवादीले जातियताको बीउ रोपेकोले जातीय सद्भाव विग्रिएको भन्दै मुलुकलाई द्धन्दवाट जोगाउन नेपाली काग्रेस जातियता विरुद्ध लाग्ने वताउनुभएको छ ।