Responsive Ad Slot

latest

भिषा पुरागरी स्वदेश फर्कने कामदार परीक्षा नदिएर तीन महिना भित्र पुन: कोरिया फर्कन पाउने I

Wednesday, February 1

/ by Admin BHOLA THAPA
टीका पुन मगर

माघ १८,दक्षिण कोरिया। रोजगार अनुमति प्रणाली (इ पी एस )मार्फत दक्षिण कोरिया आइ काम गरिरहेका विदेशी कामदारहरु भिषा (४ वर्ष १० महिना) पुरा गरि स्वदेश फर्केमा भाषा परीक्षा तथा कुनै तालिममा सहभागी नभएर पनि तीन महिना भित्र पुन: कोरिया फर्कन पाउने कोरियाली रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ। यस अगाडी बिशेष भाषा परीक्षा उर्तिर्ण गरि तीन महिना भित्र फर्कन पाउने नियम थियो।

जुलाई २ तारिखबाट लागुहुने यो नियमको लागि कामदारलाई अहिले काम गरिरहेको कम्पनि अथवा मालिकले बोलाउनु पर्नेछ। त्यसको लागि कम्पनी अथवा मालिकले कामदार स्वदेश पठाउनु भन्दा अगाडी नै जब सेन्टरमा पुन: स्वीकृतिको लागि सूचना दिइसकेको हुनुपर्नेछ। अथवा कम्पनि अथवा मालिकले आफुले पुन: बोलाउन चाहेको कामदारलाई Re-Entry गराई पाऊ भनि निवेदन दिनु पर्नेछ।

त्यसै गरि स्वदेश गइ पुन: फर्कन चाहने कामदारले एउतै कम्पनीमा भिषा पुरा गरेको हुनु पर्नेछ। एक कम्पनीमा आइ कम्पनी परिवर्तन गरेर अर्को कम्पनीमा काम गरेका कामदारको लागि यो नियम लागु हुने छैन। कम्पनी परिवर्तन गरेका कामदारहरुको लागि पनि छिट्टै नया नियम लिइने मन्त्रालयले जनाएको छ।

यस्तै इ पी एस मार्फत कोरिया आएका कामदारहरुले पाँचपल्ट सम्म कम्पनि परिवर्तन गर्न पाउने नियमलाई पनि चाडै परिमार्जन गर्ने भएको छ। जस अनुसार कामदारहरुले सजिलै संग कम्पनि परिवर्तन गर्न पाउने छन्। करिव ६७००० विदेशी कामदारको भिषा सकिन लागेको बेला कोरियाली सरकारले यो नया नीति ल्याएको छ। जसले गर्दा अवैधानिक रुपले कामदार नबस्ने कोरिया सरकारले विश्वाश गरेको छ।

(स्रोत : कोरिया टाइम्स डटकम )
Don't Miss
© all rights reserved
made with by netKUTI