Responsive Ad Slot

latest

तनहुँ , डुम्रे महोत्सबमा दर्शकको ओइरो I

Wednesday, February 1

/ by Admin BHOLA THAPA
डुम्रे माघ १८,

तनहुँको  डुम्रेमा गत माघ १३ गते बाट जारी प्रथम डुम्रे महोत्सबमा हाल सम्म ५० हजार दर्सक हरुले अबलोकन गरेका छन ।

 ” ब्यापारिक , सास्कृतिक , पर्यटकिय बिकासको नारा , डुम्रे महोत्सब को अभिभारा ” भन्ने मुल नारा डुम्रे मा माघ २२ गते सम्म सम्चालन हुने प्रथम डुम्रे सास्कृतिक तथा ब्यापारिक महोत्सब २०६८ मा अहिले सम्म ५० हजार दर्सक हरुले अबलोकन गरेको महोत्सब मुल समारोह समितीका सम्योजक राजेन्द्र पियाले जानकारी दिनु भयो ।

स्थानिय कला , सस्क्रिती तथा कृषि उपजहरुलाई प्रबद्द्न गर्दै आर्थिक उपार्जन गर्न मदत तथा इकाइ को भबन निर्माणको लागि तनहुँ उद्दोग बाणिज्य सघ डुम्रे बजार इकाइ ले आयोजना गरेको उक्त महोत्सबमा हाल सम्म अहिले सम्म ७० लाख भन्दा बढीको आर्थिक कारोबार भएको आर्थिक सम्योजक दामोदर मिश्रले जानकारी दिनु भयो । महोत्सबमा बिशेष गरी मगर जाती को गोल घर दर्सकले अत्याधिक मन पराएको पनि उहाले बताउनु भयो । 
सो गोल घरमा मगर जाती को पुराना सस्क्रिती झल्कने भेसभुसा , बाजागाजा , हस्तकलाले बनाएका बिभिन्न बस्तुबाट बनाएका सामाग्रीहरु , मगर खानाले दर्सक हरुको घुइचो बढेको आदिबासी जनजाती सम्योजक हरीराम थापा मगर ले बताउनु भयो । 

लोप हुन लागेको पुराना मगर जातिको सस्क्रितीलाई महोत्सब मार्फत जानकारी दिन डुम्रे महोत्सब मा गोल घर निर्माण गरेको सम्योजक मगर ले बताउनु भयो । त्यस्तै आज हेलिकप्टर मार्फत बन्दिपुर , डुम्रे देखी झिम्केस्वरी र गोरखाकालिका लगायतका ठाउँ को अबलोकन गराइेने बताइएको छ । हेलिकप्टर मा बसेर ति स्थान हरुको अबलोकन का लागि टिकट दर ३५०० कायम गरीएको छ , त्यस्तै गरी आज लोक गायक बद्री पङ्गेनी र लोक गायिका सकुन्तला थापा को बिशेष प्रस्तुती रहेको कलाकार सम्योजक सुनिल श्रेष्ठ ले जानकारी दिनु भयो । 




त्यस्तै भोली गायिका मन्जु गुरुङ , माघ 20 गते पप गायक सुगम पोखरेल र इन्दिरा जोसीले महोत्सबमा आफ्ना गायन प्रस्तुत गर्ने भएका छन । यस्तै गरी माघ २१ गते गायिका मानडपी त्रिपाठी र रुपक डोटेल प्रस्तुती रहने कलाकार सम्योजक श्रेष्ठले बताउनु भयो ।


समाचार: लब्ली तनहुँ  फोटो कृष्ण न्यौपाने
Don't Miss
© all rights reserved
made with by netKUTI