Responsive Ad Slot

latest

स्कूल बसको छतबाट खसेर बालकको मृत्यु I

Wednesday, February 1

/ by Admin BHOLA THAPA
पोखरा, माघ १८ - पोखरामा स्कूल बसको छतबाट खसेर एक नौ वर्षीय बालकको मृत्यु भएको छ। उपमहानगरपालिका-४ हेम्जास्थित धौलागिरी बोर्डिङको ग.१ क १५९४ नम्बरको स्कूल बसको छतबाट खसेर सोही ठाउँ बस्ने ९ वर्षीय निसान लामाको मृत्यु भएको हो।


मंगलबार साँझ साढे ६ बजे स्कूलका विद्यार्थीहरुलाई पुर्‍याई फर्कने क्रममा छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि गण्डकी अस्पतालतर्फ लैजाँदा लैजाँदै मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। (नागरिक)
Don't Miss
© all rights reserved
made with by netKUTI