चितवन, माघ १८ ।
नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको मृत्युको सम्बन्धमा सरकारले गठन गरेको न्यायिक छानबिन आयोगले आज पनि बिहानैदेखि छानबिन अगाडि बढाएको छ । टोलीले मङ्गलबारदेखि काम सुरु गरेको हो । आयोगका सदस्यले पौडेलमाथि आक्रमण भएको समय कारागारमा रहेका प्रहरी कर्मचारीसँग आज बिहानदेखि सोधपुछ सुरु गरेको छ । मङ्गलबार टोलीले घटनाका समय कारागारभित्र रहेका कैदीबन्दीसँग छलफल गरेको थियो ।
आयोगका प्रवक्ता सहमहान्याधिवक्ता कृष्णप्रसाद पौडेलले सो घटनाका विषयमा सम्बन्धित व्यक्तिसँग सोधपुछ गरिने बताउनुभयो । घटना विशुद्ध आपराधिक प्रकृतिको भएकाले राजनीतिक दलसँग कुनै पनि अन्तकिर््रया गरिँदैन- पौडेलले भन्नुभयो । घटनास्थलको निरीक्षण प्रहरीको अनुसन्धानमा देखिएको रिपोर्ट यसअघि गठित समितिको अध्ययनमा आधारित रिपोर्ट तत्कालीन सुरक्षा प्रमुख कारागार प्रमुख प्रमुख जिल्ला अधिकारीसँंग समेत बयान लिई सरकारलाई प्रतिवेदन पेस गरिने पौडेलले जानकारी दिनुभयो । गत मङ्सिर २० गते जिल्ला कारागार भरतपुरमा आक्रमण हुँदा घाइते भएका तरुण दल चितवनका तत्कालीन अध्यक्ष पौडेलको उपचारका क्रममा पुस २ गते काठमाडौँमा निधन भएको हॊ ।
पौडेलका परिवारले आइतबार तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख कारागारका प्रहरी प्रमुखसहित २२ जनाविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । न्यायिक छानबिन आयोगका संयोजक मोहनप्रसाद सिटौलाको संयोजकत्वमा सदस्यसचिव प्रल्हाद पोखरेल सहमहान्यायाधिवक्ता कृष्णप्रसाद पौडेल र डिआइजी विज्ञानराज शर्माको टोली अनुसन्धानका लागि मङ्गलबार चितवन आइपुगेको थियो