कैलासबावु श्रेष्ठ/गोरखा माघ १८
नेपाली काग्रेसकी केन्द्घिय सदस्य एवं पूर्व उप प्रधानमन्त्रि सुजता कोइरालाले शान्ती प्रक्रिया नटुंगाए माओबादी पार्टी नै समाप्त भएर जाने चेतावनी दिनुभएको छ ।
गोरखा सदरमुकाममा नेपाल दलित संघ गोरखाको आयोजनामा भएको दलित प्रशिक्षण कार्यक्रमको पानसमा वत्ति बाली उदघाटन गनुहुदै ठुलो दलको हैसीयतले माओबादी शान्ती प्रक्रियामा बढि जिम्मेवार हुनुपर्ने भन्दै उहााले शान्ती प्रक्रिया नटुंगाए माओबादी पार्टी नै समाप्त भएर जाने चेतावनी दिनुभएको हो ।कोइरालाले माओबादी आपसमा झगडा गरेर शान्ती प्रक्रिया टुगांउन आलटाल गरीरहेको आरोप लगाउनु हुदै आउदो जेष्ठ १४ गते संविधान सभाको अन्तिम दिन भएको माओवादीलाई स्मरण गराउनुहुदै सर्बोच्चको आदेश विरुद्ध कांग्रेस कहिल्यै नलाग्ने समेत स्पस्ट पार्नुभएको थियो । वहााले उत्त अवशरमा काग्रेस राष्टिय सहमतिको सरकारको पक्षमा रहेको समेत बताउनु भयो ।
कोइरालाले हालै सरकारले १४० प्रकारको सुचना लुकाउने निर्णयको विरोध गर्दै सरकार पारदर्शी हुनको साटो सुचना लुकाउने तर्फ लागेर पत्रकारको स्वतन्त्रता कुण्ठीत गर्न खोजेको समेत आरोप लगाउदै काग्रेसले यसमा सकरारको विरोध गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सचेतक कमला पन्तले विपक्षीहरुले संसद अबरुद्ध गरेपनि सरकारले वेवास्ता गरेर संसदीय ब्यबस्थाको अपमान गरेको आरोप लगाउनुहुदै सरकारले जनसत्ताको निर्णय कार्यान्वयन गर्ने निर्णय फिर्ता नलिदासम्म संसद चल्न नदिने स्पस्ट पार्नुभयो । कार्यक्रममा केन्दि्रय सदस्य सुरेन्द्र पाण्डेले बोलेका थिए ।गोर्खाली अनलाईन