काठमाडौं, फागुन १६ गते ।
प्रतिपक्षी दल काग्रेस र एमालले माओवादी लडाकुको रेखदेख, पुर्नस्थापना,समायोजन विशेष समितिको वैठक तत्काल वोलाउन माग गरेका छन् । काग्र्रेस र एमालेका तर्फवाट समितिमा रहेका नेताहरुले आज प्रधानमन्त्री बाबुराम भट्टराईलाई संयुक्त रुपमा भेटर तत्काल समितिको वैठक वोलाउन माग गरेका हुन् ।
सेना समायोजनको काम अगाडी नवढ्दा समग्र शान्ति प्रक्रिया अन्योलमा परेकाले तत्काल समितको वैठक वोलाउन सेना समायोजन समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री भट्टराईलाई लिखित रुपमा ध्यान आकर्षण गराएको नेताहरुले वताएका छन् ।
समितिका सदस्यहरु डा. राम शरण महत, मिनेन्द्र रिजाल, ईश्वर पोखरेल र भिम रावलले समितिको वैठक वोलाउन प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराउनुभएको हो । माओवादी लडाकुको समायोजन कार्य तत्काल अगाडी वढाउने यस अघिको सहमति प्रधानमन्त्रीले कार्यान्वयन नगरेको आरोप समेत उनीहरुले लगाएका छन् । यस अघि वसेको सेना समायोजन विशेष समितिको वैठकले लडाकु रहेका २८ वटा शिविर मध्ये १४ वटा खालि गर्ने निर्णय गरेको थियो ।