विवादित विषयलार्य अर्को विधिद्वारा टुग्याउने गरीसंविधान जारी गर्नुपर्छ ःबिष्ट
कपिल ज्ञवाली
बुटवल १६ चैत्र -नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उर्जामन्त्री गोकर्ण विष्टले विवादित केही विषयलार्य अर्को विधिद्वारा टुग्याउने गरी जेठ १४ मा संविधान जारी गरिनुपर्ने बताउनुभए को छ । ‘केही महŒवपूर्ण इसुलाई अर्को विधिबाट टुङ्ग्याउने गरी समयमै संविधान जारी गर्नुपर्छ ।’–नेता विष्टले प्रेस चौतारी रुपन्देहीद्वारा बिहिबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा भन्नुभयो–‘विवादित विषयलाई हल गर्न बरु जनमत संग्रहमा जान सकिएला ।’उहा“ले मुलुकलाई संविधानविहिनताको अवस्थामा राख्न नसकिने बताउ“दै जेठ १४ भित्र संीवधान नबने मुलुकमा संवैधानिक संकट आउने बताउनुभयो ।म्याद थपको विकल्प नभएको अवस्थामा जेठ १४ भित्र संविधान नबने मुलुक राजनीतिक दलको काबुभन्दा बाहि जाने खतरा नेता विष्टले औल्याउनुभयो ।
‘देशलाई संविधान शुन्यता हुन नदेऊ भन्ने पक्ष्ँमा एमाले लागिपरेको छ ।’ उहा“ले भन्नुभयो–‘हामी लचकताका साथ प्रस्तुतसमेत भएका छौ“ ।’जेठ १४ भित्र संविधान नबने पनि मुलुकमा राजा फेरी फर्किने सम्भावना नरहेको उहा“को दाबी छ । ‘मुलुक अराजकतातर्फ जान सक्छ तर फेरी राजा फर्किन सक्दैनन् ।’ उहा“को भनाई छ ।
माओवादीप्रति इंगित गर्दै नेता विष्टले मुलकु सिमित व्यक्तिको स्वार्थमा संक्रमणमा रहिरहन नहुने उल्लेख गर्नुभयो । फरक प्रसगमा पूर्व उर्जामन्त्री विष्टले योजनाबद्ध तरिकाले काम गरे तत्कालै दैनिक ३।४ घटा लोडसेडिङ कम गर्न सकिने बताउनुभयो । उहा“ले आफूले मन्त्रालय छोड्नु पूर्व दिएका सुझावलाई कार्यान्वयन गरे पनि लोडसेडिङ घटाउन सकिने बताउनुभयो ।
सेती जलविद्युत् आयोजनाको काम बिना प्रतिस्पर्धा चिनिया“ कम्पनीलाई दिनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उहा“को भनाई छ ।कार्यक्रम प्रेस चौतारीका जिल्ला अध्यक्ष्ँ प्रदीप आचार्यको अध्यक्ष्ँता र सचिव बीपी गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।
नवआगन्तुक बिद्यार्थिहरुका लागि स्वागत
कपिल ज्ञवाली
बुटवल चैत्र १६- स्वतन्त्र विद्यार्थी युनियन लुम्बिनी बाणिज्य क्याम्पस बुटवल १३ ले नवआगन्तुक बिद्यार्थिहरुका लागि स्वागत कार्यक्रम गरेको छ । कार्यक्रमको एक समारोहका बिच नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व उर्जा मन्त्री गोकर्ण बिस्टले उद्घाटन गर्नुभयो । सो अबसरमा बोल्दै बिस्टले देशको भबिष्य निर्माणमा बिद्यँर्र्थीको अहम भुमिका रहने उल्लेख गर्दै देश निर्माणका लागि लाग्न आग्रह गर्नुभयो । स्वबियू सभापति सन्दीप बिकको अध्यक्षता तथा सचिब सरोज पोखरेलको संचालनमा भएको कार्यक्रमका अबसरमा क्याम्पसका प्राचार्य डा ईश्वर गौतम,स्वबियू सभापति सन्दीप बिक, पूर्ब सभापति यमराज पाण्डे,बिद्यार्थी प्रकाश पराजुली, बिद्यार्थी संगठनका नेताहरु लगायतले बोलेका थिए ।
आजै अन्तरकलेज नकआउट बाणिज्य कप फुटवल प्रतियोगिताको पुरस्कार पनि बितरण गरिएको थियो ।
अन्तरकलेज नकआउट बाणिज्य कप फुटवल प्रतियोगिताको उपाधि बिजेता सिद्धार्थ गौतमबुद्ध क्याम्पसका बिद्यार्र्थी खेलाडिलाई २० हजार नगद, शिल्ड तथा प्रमाणपत्र र उपबिजेता लागि लुम्बिनी बाणिज्य क्याम्पस समूह बी का खेलाडिलाई १० हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अबसरमा बिभिन्न नाच गान तथा सांस्किृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
चालक प्रशिक्षण सम्पन्न
कपिल ज्ञवाली
बुटवल चैत्र १६- बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले एक दिने चालक प्रशिक्षण सम्पन्न गरेको छ । प्रशिक्षणमा समिति मातहतका सवारी साधनका चालक तथा परिचालक सहभागि प्रशिक्षण कार्यक्रममा सवारी दूर्घटनाको अवस्था, त्यसले पार्ने प्रभाव तथा न्यूनिकरणका लागि अपनाउनु पर्ने सावधानका बारेमा जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै अधिबक्ता महेन्द्र पाण्डेले नीति तथा कानुनमा उल्लेखित कारबाहि ब्यबस्थाका बारेमा जानकारी गराउनुभयो ।
यसैगरि पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय, बुटवलका प्रहरी सहायक निरिक्षक ज्ञानु पाण्डेले ट्राफिक तथा सवारी नियमको बारेमा प्रशिक्षण दिनु भएको थियो । उहाले हामी आफैले मृत्युलाई निम्त्याउने गरेको बताउदै सवारी दुर्घटनाको न्यूनिकरणका लागि चालक गम्भिर हुनुपर्ने धारणा राख्नु भयो । समितिले आफ्ना सदस्य ट्रकका २ हजार चालकहरुलाई सो प्रशिक्षणमा सहभागि गराउने र त्यसका आधारमा परिचय पत्र बाड्ने योजना बनाएको छ । प्रशिक्षण नलिएका कुनै पनि चालकलाई आफ्ना सदस्य ट्रकहरु चलाएमा त्यसबाट कुनै दुर्घटना भएमा कुनै सहयोग नगर्ने नियम समितिले बनाइएको छ ।
प्रस्तावित सडकका बारेमा सरोकारवालासंग छलफल
कपिल ज्ञवाली
बुटवल चैत्र १६- बुटवलदेखी ग्रामिणभेग दोभान–मस्याम हँदै भैरवस्थान जोड्ने प्रस्तावित सडकका बारेमा आज बुटवलमा सरोकारवालासंग छलफल गरिएको छ । प्रस्ताबित शडकलाई अगाडि बढाउनका करिब १५ करोडको योजना अगाडि सारिएको छ । मूल समन्वय समिति पाल्पाको आयोजनामा बुटवल उद्योग बाणिज्य संघमा आयोजित छलफलका क्रममा सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट पहिले बुटवल बजार गर्न आउने ऐतिहासिक सडक पनि भएकाले सो सडकलाई महत्वका साथ हेरिएको सल्लाहकार नवराज श्रेष्ठले बताउनुभयो । बुटवल–दोभान–मस्याम–भैरवस्थान एतिहासिक प्रस्तावित सडकको निर्माणका लागि सबको सहयोग रहनुपर्ने बताइएको छ । पाल्पाको भैरवस्थानमा पर्यटकको सहज पहँुच पु¥याउने तथा ग्रामिण भेगमा उत्पादन हुने कृषिजन्य उत्पादनलाई मुख्य बजार सम्म पु¥याउन सहज बनाउने उद्देश्यले दोभान–मस्याम–भैरवस्थान नयाँ सडक बिस्तारको योजना अंगाडी सारिएको हो । प्रस्तवित सडक आफैमा ऐतिहासिक भएको र यसले नेपालकै धार्मिक क्षेत्र भैरवस्थानमा पर्यटक भित्र्याउन र ग्रामिण भेगमा प्रयाप्त कृषिजन्य उत्पादनलाई बजारमा पु¥याउन पनि यो सडकले अहम भूमिका खेल्ने बताईएको छ । केही समय अंगाडी सडक निर्माणका लागि आर्थिक सहयोग जुटाईदिन माग गर्दै समन्वय समिति जिविसमा डेलीगेसन गएको थियो ।
डेलीगेसनका आधारमा सो सडकका लागि जिविस पाल्पाले १ लाख रुपैंया वजेट समेत विनियोजन गरेको छ भने राष्ट्रिय परियोजनामा पार्नका लागि राष्ट्रिय योजना आयोगमा सिफारिस समेत गरेको छ । सडक निर्माणका लागि भैरवस्थान गाबिसले ५० हजार रुपैंया वजेट पनि विनियोजन गरिसकेको छ । कार्यक्रममा समितिका संयोजक दुर्गाप्रसाद खनाल दम ब कार्की,बिजय श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।अन्तरक्रिया पछि आयोजकले आजै पत्रकार सम्मेलन गरेर सो को बारेमा जानकारी गराएका थिए ।