काठमान्डौ, १४ चैत । सरकारले पेट्रोलियम पदार्थमा फेरी मुल्य वृद्धि गरेको छ । गएराति बसेको आयल निगम सन्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर चार–चार रुपैँया बढाउने निर्णय गरेको हो । उपभोक्ताले अब पेट्रोलको लागि प्रतिलिटर १ सय २० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

खाना पकाउने ग्याँस र हवाई ईन्धनको भने मूल्य नबढाइएको प्रवक्ता ढुङ्गेलले जानकारी दिनुभयो । यसअघि गएको १२ गते पनि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई ईन्धनमा चार–चार रुपैयाँको दरले निगमले भाउ बढाएको थियो ।