दिनेश रेग्मी दोहा (कतार), १५ चैत । विश्व भ्रमणको क्रममा कतार आईपुगेका नेपाली साईकल यात्री सौरब दाहाललाई 'कतार साईक्लिङ फेडेरेशन'ले नयाँ एक साईकल किन्नको लागि २ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ ।
उनले आफूले हाल प्रयोग गरी रहेको साईकल पुरानो हुँदै गएको बताएपछि फेडेरेसनका अधिकारीले उपहार स्वरुप एउटा साईकल किन्न चाहिने रकम दिने बताएका हुन् । साईकल यात्री दाहालले नयाँ साईकललाई २ हजार ५ सय युएस डलर (करीव २ लाख ३ हजार ९ सय रुपैया ) पर्ने जनाएका छन् ।
 फेडेरेसनका महासचिव मजेद अहमद अल नैमीले कतारमा आईतवार आयोजित खाडीका चार मुलुकको 'साईकल रेस' को अवसरमा पुगेका दाहाललाई रकम दिने बताएका हुन् । 'नयाँ साईकल किन्न लाग्ने बराबरको रकम हामी दिन्छौं' नैमीलेले दाहाललाई देखाउंदै संचारकर्मीसंग भने-'विश्व साईकल यात्रामा निस्केको व्यक्तिलाई सहयोग गर्न पाएकोमा हामी खुसी छौं ।'

झापा, भद्रपुर निवासी दाहाल सबैका लागि समान शिक्षा, गौतम बुद्धको जन्मस्थल नेपाल, वातावरण जोगाऊ लगायत नारा सहित ५ वर्षदेखि विश्व भ्रमणरत छन् । कतार विश्व भ्रमणको नेपाल बाहेक उनको ४३ औं देश हो । साईकल रेस आयोजना स्थल लुसेल ट्रयाकमा दाहालसंग विभिन्न देशका फेडेरेशनका अधिकारीहरु तथा कतारी संचारकर्मीले भ्रमणबारे विभिन्न जिज्ञासाहरु राखेका थिए ।
'कतारमा मिलेको यो सहयोग -साईलक किन्ने रकम) बाट धेरै खुसी भएको छु' दाहालले कान्तिपुरसंग भने-' मैले विदेशमा नेपाल पनि चिनाएको छु र सहयोग पनि पाएको छु ।' हाल उनले प्रयोग गरिरहेको साईकल कान्तिपुर पश्लिकेशन्सले दिएको थियो । उनी पश्लिकेशन्सका सद्भाव राजदुत समेत हुन् । 'कान्तिपुरले दिएको साईलकले म यहाँसम्म आई पुगेको छु अब अगाडिको यात्रा तय गर्न नयाँ साईकलले सहयोग गर्ने छ' उनले भने । श्रोत : कान्तिपुर