तनहुँ दुलेगौडा १६ चैत ।
तनहुँको खैरेनीटारमा जारी चौथो खैरेनीटार महोत्सवमा आज पनि ३० लाखको आर्थिक कारोबार गर्ने आयोजकले बताएको छ । गत चैत १० गतेबाट सुरु भएको महोत्सवको आज आठौं दिनमा ३० लाखको आर्थिक कारोबार गर्ने महोत्सवका प्रवक्ता समुन्द्रराम श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी २५ हजार दर्शकले महोत्सवको अवलोकन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
