काठमाडौ १७ चैत ।

हिजो सम्मको छलफलमा एकीकृत नेकपा माओवादीका सभासद्हरुले आयोगको सुझावलाई समेत मध्यनजर गर्दै पहिचानमा आधारित राज्य पुनसंरचना जोड दिएका छन् भने कांग्रेस एमालेका सभासद्हरुले सामथ्र्यलाई आधार मान्नुपर्ने धारणा राखेका छन् । आयोगको प्रतिवेदनमाथि संविधानसभामा सोमबारबाट दैनिक छ घण्टाका दरले छलफल चल्दै आएको छ ।
प्रतिबेदनमाथि संबिधानसभामा छलफल भएपछि सुझाव सहित संबैधानिक समितीमा पठाइने छ । आर्ईतबार संविधानसभामा पेश भएको आयोगको प्रतिवेदनमा बहुमतबाट भावी नेपालको संघीय संरचना एक गैर भौगोलिक सहित ११ प्रदेशको प्रस्ताव गरिएको छ भने अल्पमतबाट ६ प्रदेशको प्रस्ताव गरिएको छ ।