Responsive Ad Slot

latest

बिबादीत बिषयमा सहमति खोज्न तीन दलको बैठक बस्दै I

Friday, March 30

/ by Admin BHOLA THAPA

काठमाण्डौ १७ चैत ।
शान्ती प्रक्रिया र संबिधान लेखनका बिषमा कायम बिबादमा सहमति खोज्न प्रमुख तीनदलका शिर्ष नेताहरुको बैठक बसीरहेको छ । शान्तीमन्त्रालय सिंहदरवारमा केहिबेर अघि सुरुभएको बैठकमा शान्ती प्रक्रियामा देखिएका बिबादलाई टुंगोमा पुर्याई समायोजन को काम अघि बढाउन सहमति गर्ने र संबिधान निर्माणमा रहेका असहमतीका बारे छलफलहुने बताईएको छ ।



आगामी जेठ १४ पछि संविधानसभाको म्याद थप्ने कानूनी बाटो सार्वोच्च अदालतको फैसलाले बन्द गरिदिएपछि दलहरु औपचारिक तथा अनौपचारिक छलफलमा सक्रिय भएका हुन । सिंहदरवारमा रहेको शान्ति मन्त्रालयमा जारी शीर्ष नेताहरुको बैठकमा माओवादी लडाकु समायोजन लगायत शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा ठोस सहमतिको प्रयास हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

नेपाली सेनामा समायोजन गर्दा माओवादी लडाकुलाई दिइने दर्जा, समायोजनको मापदण्डको बारेमा आज औपचारिक रुपमा सहमति गर्नेगरी प्रधानमन्त्रीको आह्वानमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । यसअघि लडाकु समायोजन, बिभिन्न आयोग गठनको बारेमा दलहरुबीच अनौपचारिक सहमति भइसकेको खबर सार्वजनिक भएको थियो । बिहान बस्ने शीर्ष नेताको बैठकमा ठोस सहमति भएमा दिउँसो बस्ने माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठकले लडाकु समायोजनको खाका तथा मापदण्ड सार्वजनिक गर्ने तयारी भएको बुझिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI