नेपालगन्ज १९ चैत । बर्दियाका किसानहरु यतिबेला काक्रा खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । मोतिपुर गाविस ७ सतरियाका किसानहरुले बेमौसमी काक्रा खेती गरेर अहिले सोचेभन्दा राम्रो आम्दानी गर्न थालेका हुन । स्थानिय किसान उल्टबहादुर चौधरीले हाल ५ कठ्ठामा लगाएको काक्राबाट करिब ७० हजार आम्दानी गर्दै आउनु भएको छ । एक सिजनमा लगाएको काक्राबाट कम लगानी र मेहनतमा राम्रो आम्दानी हुने गरेको चौधरीको भनाइ छ ।
चौधरीले आफ्नो बारीमा मात्र करिब ३० क्विन्टल काक्रा फलाउनु भएको छ । अहिले स्थानिय २५ जना किसन व्यवासायिक रुपमका काक्रा खेती गर्दै आएका छन् । गर्मियामको सुरुवातसँगै काक्राले राम्रो बजार पाउने भएपछि यस तर्फ किसान आकर्षित भएका हुन ।सोही वडामा उत्पादन गरिएका काक्राहरु जिल्लाको सदरमुकाम गुलरिया, भुरिगाउ, बाँकेको कोहलपुर, खजुरा लगाएत आसपासका जिल्लाहरुमा खपत हुने गरेको छ ।