खेमनाथ पौडेल,
अब यूवाहरु सुत्ने होईन सुतेर वसेका आदिवासी जनजातीहरुलाई उठाउने हो । यो कुनै संघ सस्थाको भातृसंगठन तथा कुनै संस्थाको वदलामा नखोलेको बताए । अहिलेको अवस्थामा आवस्यक देखेरनै यो खोलिएको बताए । आदिवासी जनजाती संस्था यूएईमा नभएको होईन तर सुतेर वसेको छ, केवल नेपाली समाजको चुनावमा ठुलो संस्थाहो भनेर मात्र देखिएको छ । यूवाहरुको आवाज नसुनिएको हुनाले शिक्षित र बुद्धिजिवी जनजाती यूवाहरुको जमात भयो र तिनै यूवहरुको जमातले यो गठन गरिएको बताए ।
हाम्रो कार्य भनेको नौं बुदे कार्यपत्रमा प्रस्तुत गरेको बताए । हुण्डी ब्यवसायले देशलाई रेमिट्यान्समा घाटा पुराएको छ विभिन्न संघसस्थाहरुसंग छलफल गरेर रोक्न प्रयास गर्ने वताए । महिलाहरु नेपालबाट यूएई आउँदा राजदूतावासबाट स्विकृत गरेर मात्र छिटो भन्दा छिटो आउने वातावरण मिलाउने कोषिश गर्ने वताए ।
एनआरएन यूएईका सदस्य गोविन्द खनालले देशमा संविधान वन्ने क्रम जारी छ, विदेशबाट संविधान वनाउन यूवाहरुले घचघच्याई रहनु पर्ने वताए । यूएईमा भएका विभिन्न खालका समस्याहरुलाई पनि समाधान गर्न पहल यो परिषदले गर्ने छ भन्दै समाजमा राम्रो काम गर्दै एनआरएन लगायत अन्य संघ सस्थाहरुसंग काँधमा काँध मिलाएर अगाडी बढ्न शुभकामना दिए ।
यति ठुलो जनजाती यूवा जमातले नेपाली दुतवाासबाट जनजातीहरुको आवाजलाई संवन्धित ठाउमा पुराउन सक्यो भने त्यो महत्वपूर्ण काम हुने छ उनले भने । यो यूवाहरुको जमातले संविधान निर्माणको कार्यमा ठोस धरातलको कार्य गरोस् भन्दै आगामी कार्यकालको शुभकामना ब्यक्त गरे ।
प्रमुख अतिथि यूएईबाट एनआरएन आईसीसी सदस्य विमल तामाङ्गले हिजो खोसिएका जनजातीहरुका हक अधिकार र सम्मानलाई बन्दै गरेको संविधानमा लेख्न यो यूवा परिषदले मुख्य भुमिका खेल्न आग्रह गरे । यूएईमा रहेका ५५ ६० रहको संस्थाहरु पुग्न नसकेको ठाउँमा र ति संस्थाहरुले गर्न नसकेका कामहरु गरी समाजमा आफ्नो अस्तिस्त्व अग्रज राख्न वताए । अहिले हरेक संघ सस्थाहरुलाई निमन्त्रणा गरिएको भएतापनि संघ संस्थाका व्यक्तिहरु उपस्थित नभएता पनि भविश्यमा तपाईहरुको कार्यक्रममा हामीलाई किन निमन्त्रणा आएन भन्ने वातावरण बनाउन सफल होस् भन्दै शुभकामना दिए ।
विभिन्न संघसस्थाहरुलाई निमन्त्रणा गरेर पनि किन आउनु भएन भन्ने प्रश्नमा उनले भने हामीले सबै संघसस्थाहरुलाई बोलाएका थिएनौ,अध्यक्षले भनिरहदा कार्यक्रम संचालक यूवा परिषदका महासचिव विनोद राईले भने आसनग्रहण गर्ने क्रममा प्राय सबै संघ सस्थाका अनुपस्थित पदाधिकारीहरुलाई अतिथिको रुपमा आशनग्रहण गर्न नाम उच्चारण गरेका थिए ।
यूएईमा स्थापना भएका करिव ५५–६० संघ सस्थाहरु मध्ये एनआरएन यूएई, नेपाली जनप्रगतिशिल मञ्च, नेपाली जनसम्पर्क समितिका प्रतिनिधीहरुकोमात्र उपस्थित रहेको थियो ।