![](http://www.nepalarab.com/photos/pen.gif)
![by nepalarab](http://niyatra.files.wordpress.com/2012/04/554835_396215453736638_100000445593844_1364429_2074816565_n.jpg?w=300&h=245)
कालो कुर्था घाँघार कालै टोपीमा सज्जिएकी पुजना स्त्रि सायद दुवईको
गर्मिले होला खुल्ला देखिन्थिईन् । नौनी नौनी नौनी मेरो जोवनलाई हेरेर
प्यास लाग्ने हो चिया वारीमा हो चिया वारीमा लगायत अन्य गितको रिमिक्स
गितमा उनको हट नृत्यले सेलाएको हल र दर्शकहरुलाई एक्कासी गरमागरम बनाएको
थियो । उनको दोश्रो प्रस्तुति भने नाई नभन्नु ल फिलमको टाईटल गित नाई
नभन्नु ल मा थियो उक्त नृत्यमा भने पहेलो गेरु वस्त्रमा सज्जिएकी साधारण
देखिन्थिईन् । अपेक्षा गरेअनुसार भन्दा दर्शकहरुको उपस्थित कम भएर पनि हुन
सक्छ उनले दुई वटा प्रस्तुति मात्र पस्किईन् । पहिलो नृ्त्यले जस्तो
दोश्रो नृत्यले भने दर्शकलाई तताएन । नव बर्षको पुर्वसन्ध्यामा दुवई आएकी
पुजना प्रधान स्त्रि उक्त सास्कृतिक कार्यक्रम बाहेक करिव एक साताको
अवधिमा अन्य म्यूजिक भिडियो पनि सुट गर्ने सुरमा छिन् ।
उक्त कार्यक्रममा यूएईका स्थानिय कलाकारहरुले पनि भरपूर्ण मनोराजन दिलाएका
थिए । यति धेरै मान्छेको भिडमा एउटा मान्छे छ मेरो मनमा गितमा भने पि्रया
लामाले नृत्य गरेकी थिईन् । विभिन्न म्यूजिक भिडियोहरुमा मोडल गरीसकेका
अनुराग थपलिया तथा शान्ति थापाको यूगल जोडीको नृत्य भने अति उत्कृष्ट थियो
। उनिहरुले हाम्रो माया जुनी भरी छ हाम्रो नाता अजम्बरी छ मा नृत्य गरेका
थिए । उनिहरुको यूगल नृत्यमा दर्शकहरुले वान्समोर भन्दै थिए । सिम्पल
सिम्पल कान्छीको डिम्पल डिम्पल गालामा भने कुशल तथा रोमाले नृत्य गरेका
थिए ।
यूएईका विभिन्न स्टेजमा उत्कृष्ट प्रस्तुती पस्कने ज्ञानलामाले आफ्नै
एल्वमको घुमौला सरर मेलैमा चढी रेलैमा गित गाउँदै गर्दा दर्शक दिर्घामा
बसीरहेका साढे दुई वर्षे हार्दिक अधिकारी स्टेजमा पुगे अनि त्यहि पारामा
नृत्य गर्न थाले । दर्शकहरु गितमा भन्दा पनि साढे दुईवर्षका हार्दिक
अधिकारीको नृत्यले मोहित भएका थिए । सानो बालक भएतापनि उनको नृत्य आकर्षक
थियो ।
![by nepalarab](http://niyatra.files.wordpress.com/2012/04/555393_396205820404268_100000445593844_1364368_1414438327_n.jpg?w=300&h=225)
उनी प्रत्येक गित तथा नृत्यमा छाईरहे । रविन परियारको ब्रेक डान्सले भने
दर्शकहरुलाई मज्जैले तताएको थियो कमल रेग्मीको आफ्नै एल्वको गित गाउँघर
छाडी समुन्द्र पारी बसेको धेरै भयो प्रवासमा बसेका नेपालीहरुको दुख
वेदनाहरु गित मार्फत पोख्दै थिए थिए भने जिवी संग्रौलाले दर्शन नमस्ते
आधुनिक गित गाएका थिए । अस्मिता लामाले चौवन्धि चोली अनी रातो घघरा भन्ने
गितमा आकर्षक नृत्य गरेकी थिईन् ।
विभिन्न नेपाली चलचित्रमा अभिनय गरिसकेका लोकनाथ ढकाल पहिलो पटक यूएईको
सास्कृतिक कार्यक्रममा सबैलाई हसाउन सफल रहे भने धनराज सिन्धुलीले छोटो
हरीबहादुरको क्यारीकेचर गर्दा दर्शकहरुको हाँसोको फोहोरा छुटेको थियो ।
हरी अधिकारीको लोक गितले भने सबैलाई नचाएको थियो । कार्यक्रमको अन्त्यमा
डिजे फारेको रिमिक्स डिजेमा स्टेजमा नाच्नेको लर्को थियो । उनको डिजेले
बेला बेलामा कार्यक्रमलाई रोमााचक बनाईदिन्थ्यो ।
आषिश पु्रुष तथा श्रृजना श्रेष्ठको उद्घोषक जोडी खुबै जमेको थियो । उनिहरु
पहिलो पटक यूएईको स्टेजमा उद्घोषक गर्दा पनि एक अर्कामा परिपक्कता
लाग्थ्यो । जयराम लामा आषिश पुरुष तथा अन्य साथीहरुले मिलेर कार्यक्रमको
आयोजना गरेका थिए । विभिन्न संघ संस्थाका कार्यक्रमहरु एकैदिन जुधेको
हुनाले दर्शकहरु भने कमैमात्रमा उपस्थित देखिन्थे ।