Responsive Ad Slot

latest

सहमति गरेर अघि बढ्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह ।।

Tuesday, May 29

/ by Admin BHOLA THAPA
काठमाण्डौं, जेष्ठ १६
राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको नयाँ निर्वाचन बनाउनेबारेमा दलहरुसँग छलफल गरेर अघि बढ्न प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्रीसँग आज बिहान भएको भेटमा राष्ट्रपति यादबले आफ्नो तर्फबाट सरकारलाई सहयोग रहने बताउँदै दुवै संस्थाले संवैधानिक मर्यादा कामय गर्दै दलहरुको बीचमा सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सवै हिसावले प्रधानमन्त्रीलाई सहयोग गर्ने बताउँदै राष्ट्रिय सहमतिको वातावरण बनाउन राष्ट्रपतिले आग्रह गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्रीले राजनीतिक दलहरुका बीचमा सहमति गरेर अगाडि बढ्ने बताउनु भएको थियो । संविधानसभाको विघटन भएर अर्को संविधानसभाको निर्वाचन हुन्छ भन्ने संवैधानिक प्रावधान अन्तरिम संविधानमा नभएकोले सहमतिको बाटो पहिल्याउन प्रधानमन्त्रीले राष्ट्रपतिसँग आग्रह गर्नु भएको बुझिएको छ । भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको वतावरण बनाउन आफूले प्रयत्न जारी राखेको बताउनु भएको थियो ।
यसैबीच सरकारले घोषणा गरेको संविधानसभाको निर्वाचन र आफ्नो भूमिकाको बारेमा राष्ट्रपति डा रामबरण यादबले बिभिन्न कानूनव्यवसायीहरुसँग छलफल सुरु गर्नु भएको छ । सरकारद्वारा घोषणा गरेको संविधानसभाको निर्वाचन, अन्य दलहरुको विरोध तथा आफ्नो भूमिकाको बारेमा राष्ट्रपतिले औपचारिक तथा अनौपचारिक रुपमा छलफल सुरु गर्नु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI