बैशाख २४ चेल्सीले एफए कपको उपाधि जितेको छ । शनिवार राती भएको खेलमा
लिभरपुललाई २–१ ले हराउँदै चेल्सीले उपाधि जितेको हो । लिभरपुलको घरेलु
मैदानमा ९० हजार दर्शकका सामु चेल्सीलाई उपाधि दिलाउन रामिरेज र डिडियर
ड्रोग्बाले गोल गरे । खेलको ११ औं मिजेटमा रामिरेजले गोल गर्दै चेल्सीलाई
अग्रता दिलाए । लिभपुरलको गोल रक्षक पेपे रैनाले गरेको गल्तीको फाइदा
उठाउँदै उनले पोष्ट नजिकैबाट गोल गरेका थिए ।

जितसँगै एफए कपमा चेल्सीका कप्तान जोन टेरी सफल सावित भएका छन् । अहिलेसम्म जम्मा ७ पटक मात्र यो उपाधि जितेको चेल्सीका लाग टेरीले मात्र पछिल्लो ६ वर्षमा चार पटक एफए कपको उपाधि उचालेका छन् । ७ पटक नै उपाधि जितेको लिभरपुलले सन् २००६ देखि उपाधि उचाल्न पाएको छैन । म्यानचेष्टर युनाइडेटले सवैभन्दा धेरै ११ पटक एफए कपको उपाधि उचालेको छ । तर ऊ सन् २००७ पछि फाइनलमा पुगेको छैन ।