Responsive Ad Slot

latest

जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो

Sunday, May 6

/ by Admin BHOLA THAPA
कास्की, बैशाख २४ - कास्कीको धिताल गाविस नुवागाउँमा जीप पल्टिँदा ११ जनाको ज्यान गएको छ, ३ जना घाईते भएका छन् । कास्कीको ल्वाङघलेलवाट पोखराका लागि छुटेको  गरेको ग १ च ३२ ४८ नम्वरको निजी जीप सडकवाट ३ सय मिटर तल खस्दा सातजनाको घट्नास्थलमै ज्यान गएको हो । चारजनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
ल्वाङघलेल गाविस वडा नम्वर १ का जंग वहादुर विक, असरथी विक, वलराम गौतम, वखत वहादुर क्षत्री, वडा नम्वर २ का मिनवहादुर विक, टेकवहादुर विक र मिठु अधिकारीको घट्नास्थलमै ज्यान गएको हो । यस्तै ल्वाङ्गघलेल गाविस ४ का आकाश क्षेत्री र वडा नम्वर ४ का जुनु गुरुङको उपचारको क्रममा ज्यान गएको हो ।
ज्यान गुमाउने एक महिला र एक पुरुषको भने परिचय खुलेको छैन । घाईते तीनजनाको पश्चिमाञ्चल क्षत्रीय अस्पताल र मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उकालो कच्ची सडकमा जीप भित्ता ठोक्किएपछि भिरबाट पल्टिएको वडा प्रहरी कार्यालय वगरका प्रहरी ईन्स्पेक्टर भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI