Responsive Ad Slot

latest

एसएलसीको परीक्षा दिएपछि सगरमाथाको चुचुरोमा

Tuesday, May 22

/ by Admin BHOLA THAPA
काठमाडौं, जेठ ९ - एसएलसी परीक्षाको नतिजा कुर्दै रहेकी निमा छम्जी शेर्पाले सगरमाथाको शिखरको सफल आरोहण गरेकी छिन्। चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमीकी १६ वर्षीय शेर्पाले नेपालीबाटोबाट शिखर चुम्ने सबैभन्दा कम उमेरकी महिला भएको दावी गरेकी छिन्।सोलुखुम्बुको खुदेल गाविस ४ की शेर्पा बाबु टेन्डीसँगै सगरमाथा शिखरमा पुगेकी हुन्। हाइ एड्भेन्चर एक्सपेडिसन एभरेस्ट २०१२ की सदस्य रहका बाबुछोरीले सगरमाथाको सफल आरोहण गरे पनि सोही टिमकी श्रेया शाहको भने फर्कँदा निधन भएको थियो।

ह्याप्पी फिट ट्रेकिङ कम्पनीबाट आरोहण सफल पूरा गरेकी उनले सगरमाथा आधारसिविरबाट नागरिकन्युजसँग कुरा गर्दै नेपाली भागबाट सगरमाथा शिविर गर्ने आफू सबैभन्दा कम उमेरको महिला भएको दावी गरिन्।

उनले गत शुक्रबार राति ८ बजे सगरमाथा आधार सिविरबाट आरोहण थालेर भोलिपल्ट बिहान ११ बजे चुचुरोमा पुगेकी थिइन्। यसअघि उनले ६ हजार मिटर उचाईको लोभुचे पिक चढेकी थिइन्।
Don't Miss
© all rights reserved
made with by netKUTI