काठमाडौं, असार ३ - संविधानसभा अवसानको तीन सातापछि २५ दलका शीर्ष
नेता बोलाएर राष्ट्रपतिले परामर्श गरेका छन्। विघटित संविधानसभामा
प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता बोलाएर राष्ट्रपतिले छिटै सहमति जुटाएर
राजनीतिक शून्यताको निकास खोज्न आग्रह गरेका हुन्।
आइतबार बिहान भएको छलफलमा संविधानसभाको अवसानपछिको राजनीतिक शून्यता भएकाले त्यसको अन्त्य गर्न राष्ट्रपतिले आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतले बतायो। परामर्शका क्रममा राष्ट्रपतिले सहमति कायम गरेर अघि बढ्न जोड दिएका थिए। बैठकमा दलका शीर्ष नेताहरुका अतिरिक्त उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री बाबुराम भट्टराई समेत उपस्थित थिए।
राजनीतिक निकासका लागि राष्ट्रपतिले कानुनी र राजनीतिक परामर्श तीव्र पारे लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले हिजैदेखि कांग्रेस-एमालेका शीर्ष नेतासँग छलफल तीव्र पारेका थिए। हिजो उनले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।
छलफलका क्रममा कांग्रेस-एमालेका नेताहरुले यसअघि शक्ति बाँडफाँडका लागि भएको ५ बुँदे सहमति अनुसार अघि बढ्न माओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए।