Responsive Ad Slot

latest

सेनाले दिए जीवनदान

Friday, June 29

/ by Anonymous
दमन राई/उज्यालो । खोटाङ, असार १५– खोटाङ्गमा नेपाली सेनाका जवानले रक्तदान गरेर दुई महिलाको ज्यान बचाएका छन् । जबरजङ्ग गणको मुढे ब्यारेक दिक्तेलमा कार्यरत १० जना सैनिकले रक्तदान गरेर जिल्ला अस्पताल दिक्तेलमा उपचार गराइरहेका बाँझेच्यानडाँडा–८ की सुत्केरी सञ्जुकला राई र दोर्पाकी मञ्जु बिष्टको ज्यान बचाएका हुन् ।

गणका दिनेश लामिछाने, उसारी लामा, ललित खत्री, पदम प्रधान र श्याम राजबंशी प्युठ धनबहादुर अधिकारी, ज्ञानबहादुर राई, खिलक तामाङ, लिलाराज भण्डारी, रामसिं खत्रीले एक÷एक पाउण्ड रगत दिएको अस्पतालले जनाएको छ ।

रगत अभाव भएका बिरामीलाई रगत दिनकालागि आग्रह गरिएपछि सेनाका जवानहरुले बिरामीहरुलाई रक्तदान गरेको जबरजंग गणको भनाई छ । जिल्लामा व्लड बैंक नभएकाले नेपाली सेना, प्रहरी र रक्तदाताहरुले विरामीलाई रगत चाहिने वित्तिकै अस्पतालमा पुगेर रगत दिदै आएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI