मिलन पराजुली, चितवन, जेष्ठ २५
भूमिसुधार तथा व्यवस्थामन्त्री चन्द्रदेव 
जोशीले काङग्रेस र एमालेले खुलामञ्चमा शक्ति प्रर्दर्शन गर्दैमा केही नहुने
 दाबी गर्नुभएको छ । आज चितवनमा आयोजित कार्यक्रममा मन्त्री जोशीले देशलाई 
खाडलमा हाल्न शक्ति प्रर्दर्शन गर्न लागिएको आरोप पनि लगाउनुभयो । उहाँले 
राष्ट्रपतिलाई अनुरोध गरेर बाधा अड्काउ फुकाउ गर्नुको साटो दलहरु संविधान 
सभालाई फेरि पनि ब्युँताउनतर्फ लागेको भन्दै यसले झनै समस्था थपिने जिकिर 
गर्नुभयो ।
 
