कपिल ज्ञवाली
बुटवल असार १४
देबदह ५ शितलनगर रुपन्देहीमा रहेको सगरमाथा आवासीय उच्च माबिले भोलिदेखि २ दिने बिज्ञान प्रदर्शनी तथा प्रतियोगिता गर्ने भएको छ ।माबि स्तरिय बिज्ञान प्रदर्शनी तथा प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको बिद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । रुपन्देही क्षेत्र नं १ मै पहिलो पटक अयोजना गर्न लागिएको बिज्ञान प्रदर्शनी तथा प्रतियोगितामा २५ बिद्यालयको सहभागिता रहने बिद्यालयका प्राचार्य कृष्ण पौडेलले जानकारी दिनुभयो । बिद्यार्थीमा बिज्ञान तथा प्रबिधिप्रति आर्कषित र रुचि जगाउनका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष नमराज पुरीले बताउनुभयो । बिज्ञान प्रदर्शनीमा एउटा बिद्यालयले १५ वटासम्म आयोजनाहरु प्रर्दशन गर्न सक्नेछन् ।एउटा बिद्यालयलाई प्रबेश शुल्क १ हजार राखिएको भएपनि अबलोकनका लागि भने पैसा लाग्क्ष्ने छैन । प्रतियोगितामा उत्कृष्ट बन्ने बिद्यँलयलाई ट्रफि,मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । आयोजक बिद्यालय सगरमाथामा ४ सय ५१ बिद्यार्थी अध्ययनरत छन् ।