काठमाण्डौं, असार ४
ब्राजिलको रियो दि जेनेरियोमा हुने अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री डा बाबुराम भट्टराई आज त्यसतर्फ जानुहुने भएको छ । नेपाल अल्पविकसित देश भएकाले सम्मेलनमा विकास र पर्यावरणीय समस्या प्रस्तुत गर्ने अवसर भएकोले प्रधानमन्त्री ब्राजिल जा लाग्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री भट्टराईले नेतृत्व गरेको टोली दिउँसो पौने ४ बजेपछि प्रस्थान गर्ने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । सम्मेलनमा विश्वका झण्डै १ सय ५० देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले भाग लिने छन् । २० वर्ष पहिले ब्राजिलमा नै विश्व वातावरण सम्मेलन भएको थियो । उक्त सम्मेलनले जलवायु परिवर्तनले भयावह स्थितिबाट उन्मुक्ति पाउनका लागि विकसित र अल्पविकसित देशका सरकार र जनताले कस्तो नीति लिनुपर्छ भन्ने विषयमा घोषणापत्र तयार पारेको थियो । नेपाल अतिकम विकसित देशहरुको समूहको अध्यक्ष रहेको छ ।

अतिकम विकसित देशहरुको सरकार र
राष्ट्रप्रमुखहरुको बैठक नेपालकै आयोजनामा ब्राजिलमा हुनेछ । बैठककोे
अध्यक्षता प्रधानमन्त्री डा भट्टराईले गर्नु हुने बताइएको छ ।
प्रधानमन्त्री डा भट्टराईले ब्राजिलमा जलविद्युत् परियोजनाको पनि अवलोकन
गर्ने र विभिन्न देशका राष्ट्रप्रमुखसँग भेटघाट गर्ने कार्यक्रम पनि तय
भएको छ । यसैबीच सत्ता बाहिर रहेका दलहरुले आज प्रधानमन्त्री भट्टराई विदेश
भ्रमण जानेक्रममा अवरोध गर्ने भएका छन् । सरकारविरुद्ध आन्दोलन घोषणा
गरेका नेपाली काङ्ग्रेस, नेकपा एमाले लगायतका दलहरुले आज त्रिभुवन
विमानस्थलमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने तयारी गरेको बताएका छन् ।
विमानस्थल सडकखण्डमा सुतेरै बाटो अवरुद्ध गरिने ती पार्टीका नेताहरुले
जनाएका छन् । संविधानसभा विघटनपछि देशमा राजनीतिक निकास दिनुपर्ने बेला
प्रधानमन्त्री विदेश जान लागेको भन्दै विपक्षी दलहरुले विरोध जनाउँदै आएका
छन् ।