Responsive Ad Slot

latest

छ मिनेटमा गरेको दुई गोलले चेक विजयी (फोटोसहित)

Wednesday, June 13

/ by Admin BHOLA THAPA
जेठ ३१ (एपी)- पिटर जिरासेक र भाक्लाभ पिलरले खेल सुरु भएको छ मिनेटभित्र गरेको दुई गोलको मद्धतले चेक गणतन्त्रले ग्रीसलाई युरो कप २०१२ को खेलमा २-१ ले पराजित गरेको छ।
ग्रीक डिफेन्सलाई छल्याउँदै टमस हब्सचम्यानले दिएको पास ग्रीसका गोलकिपर कोस्टास चाल्कियासलाई पार गर्दै  जिरासेकले हानेको कडा प्रहारले जाली चुमेपछि चेकले तेस्रो मिनेटमा नै अग्रता कायम गरेको थियो।

त्यसको तीन मिनेटपछि चेक डिफेन्डर थियोडर गेब्रे सेलासीले फेरि ग्रीक डिफेन्डरलाई छल्याउँदै दिएको पासलाई पिलारले जाली भित्र छिराएर दोस्रो गोल गरेका थिए।


चेकको दोस्रो गोल।

Don't Miss
© all rights reserved
made with by netKUTI