वार्सा, पोल्यान्ड, जेठ ३१ (एपी)


एपीका पत्रकारहरुले कयौँ मानिस घाइते र रगतपच्छे भएको देखे। स्टेडियम बाहिरै पनि पोल्यान्ड र रुसका फ्यानहरु झगडा गरिरहेका र ढुंगा हानिरहेका देखिएका थिए।
दुई देशको इतिहासमा सम्बन्ध तनावपूर्ण रहेको छ। शीतयुद्धताका पोल्यान्डमा दशकौँसम्म मस्कोले नियन्त्रण गरेको थियो। ऐतिहासिक पीडालाई ध्यानमा राखेर पनि पोल्यान्डका अधिकारीहरुले रुसीहरुलाई झण्डासहित मार्च गर्न दिन नहुने पोल्यान्डबासीहरु बताउँछन्।
पाँच हजार रुसी फ्यानले उनीहरुको देशको झण्डा फहराउँदै स्टेडियमतर्फ मार्च गरेपछि पोल्यान्डबासीहरु क्रुद्ध भएका थिए।
रुसी फ्यान र प्रहरी बीच राष्ट्रिय रंगशाला बाहिरको पुलमा झडप भएको थियो। भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।