Responsive Ad Slot

latest

तनहुँको भानु गाविसलाई खुल्ला दिशा मुक्त घोषण

Friday, June 15

/ by Admin BHOLA THAPA
तनहुँ असार १ गते ।
तनहुँको भानु गाउँ विकास समितीलाई आज खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । एक समारोहका बीच स्थानीय विकास अधिकारी छवीलाल रिजालले गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नुभएको छ ।
गाविस सचिव अर्जुन बोहोराको अध्यक्षता तथा स्थानीय विकास अधिकारी रिजालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बिशेष अतिथीहरु जिल्ला आनेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका प्रमुख हरिदत्त पौडेल, जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति सचिवालय संयोजक सुनिल पाण्डे, एमाले राष्ट्रिय प्रतिनीधी परिषदका सदस्य एक बहादुर राना, कांग्रेसका क्षेत्रीय सभापति लक्ष्मी आर्चाय, माओवादी जिल्ला सदस्य बाबुराम विक, एमाले जिल्ला सचिव विध्या ढकाल, लेखा अधिकृत उज्जवल पन्थी, इन्जिनीयर द्वोय विश्वराज पौडेल, सनम थापा, एमाले जिल्ला सदस्य प्रेम राना, सान्ता ढकाल, एमाले क्षेत्रीय अध्यक्ष ऋषिराम पन्त, नेपाली कांग्रेस भानु गाउँ कार्य समितीका सभापति उत्तम लोहनी, भानु जन्म स्थल विकास समितीका निर्देशक बाबुराम पौडेल, एमाले भानु गाउँ कार्य समितीका अध्यक्ष दलनारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
३ हजार २६ घरधुरी रहेको भानु गाविसमा अभियानका क्रममा १२ सय ५७ घरमा शौचालय निर्माण गरिएको र अभियान पूर्व १७ सय ८५ घरमा शौचालय निर्माण गरिएकोले गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न लागिएको गाविस सचिव बोहोराले जानकारी दिनुभयो । खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा स्थानीय आमा समूह, विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थी, विभिन्न बालक्लबका प्रतिनिधिहरु गरी १ हजार भन्दा बढीको उपस्थितिमा खुल्ला दिशा मुक्त कार्यक्रम भएको हो ।भोला थापा क्षेत्री/राम बहादुर धामी
Don't Miss
© all rights reserved
made with by netKUTI