तनहुँ असार १ :- एस.एल.सी  परिक्षामा  अनुतिर्ण भए पछी तनहुँ दुलेगौडा ६ कि एक १९ बर्सिया सुनिता खड्काले हिजो  साझ झुन्डेर आत्महत्या गरेकी छन 
दुलेगौडा कि पञ्चमनी देब उच्च माध्यमिक  बिध्यालयबाट प्रबेसिका परिक्षा दिएकी उनले आफ्नै घरको धुरी बलोमा नाम्लो ले  पासो लगाएर आत्महत्या गरेको बेलचौतारा प्रहरी चौकी ले जनाएको छ । बिध्यालय  स्रोतका अनुसार सुनिताको पढाई मध्यम खालको रहेको थियो ।
सुनिताको सब हिजो पोस्टमार्टम् का लागि  दमौली लागि आज बिहानै अन्तिम सस्कार गरिएको इलाका प्रहरी कार्यालय   बेलचौताराका प्रहरी निरीक्षक हरी प्रशाद शर्माले जानकारी दिनु भएको छ ।
स्रोत: रेडियो तनहुँ
 
