असार २२ चितवन
चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको समायोजन कार्य अवरुद्ध भएको छ ।
शक्तिखोरस्थित तेस्रो डिभिजनका डेढ सय बढी लडाकु धर्नामा बसेपछि समायोजन प्रक्रिया अवरुद्ध बनेको हो । पूर्व माओवादी लडाकुले सेनाले भर्ती गर्न खोजेर आफूहरुलाई अपमान गरेको भन्दै धर्ना बसेका हुन । समायोजन प्रति असन्तुष्टि जनाउँने लडाकुले यस्तो विरोध गरेका हुन ।
पूर्व लडाकुले सेनाका अधिकारीले आफ्नो गुनासो नसुनेपछि धर्नामा बस्नुपरेको बताएका छन् । धर्नामा बसेका लडाकुले आफ्नो मागबारे सेनाका अधिकारीले आधिकारीक धारणा नल्याएसम्म समायोजनमा नजाने अडान लिएका छन् । धर्नामा बसेका लडाकुले सेनाले तोकेको मापदण्डमा आफ्नो अस्तित्व नरहेको आक्रोश पोखेका छन् ।
धर्नामा बसेका अधिकांश लडाकुको शिक्षा, उमेर र शारीरिक स्वास्थ्यका बारे सेनाले प्रश्न उठाएपछि उनीहरुले समायोजनामा जान आपत्ति जनाएका हुन ।