Responsive Ad Slot

latest

तिनाउमा बाढि जोखिममा बस्ती

Friday, July 6

/ by Admin BHOLA THAPA
ड्ड  जोखिमपूर्ण ठांउ छाड्न प्रशासनको आग्रह
ड्ड निदाउन सकेका छैनौं ः नदी किनाराका बासिन्दा
ड्ड बेलैमा सुरक्षाको ब्यवस्था नगर्दा क्षति बढ्दो

कपिल ज्ञवाली
बुटवल असार २२
दिनदिनै बर्षा हुन थालेपछि तिनाउ नदी किनारका बासिन्दाको निद्रा हराएको छ । उनिहरुको निद्रामात्रै होईन जीवन नै जाने होकी भन्ने त्रास पनि उत्पन्न भएको छ । जोखिमको बस्ती भनेर चिनीने तिनाउ,दानव नदी आसपासका क्षेत्रमा बसोबास गरेका बासिन्दाहरुमा त्रासले अतालिन थालेका छन् । बर्षासंगै नदीमा पानी सतह क्रमश बढ्दै गएपछि छ । गत बर्ष मध्य असारमा  तिनाउमा बाढीले ठूलोक्षति पु¥याएको थियो । गतबर्ष बाढिले केहि मानिससंगै बस्तीका झुपडीहरु बगाएको थियो । सामान्य बर्षा हुन थालेपछि यो बस्तीका बासिन्दाहरु त्रसित बन्ने रिति जस्तै बनेको छ । लामो समयको खडेरीपछि परेको पानीले तिनाउ र दानव नदीमा पानीको सतह बढेको हो । नदीको छेउमा झुपडी बनाएर बसेका बासिन्दालाई भने पिरलो शुरु भएको छ ।  बिनापातेकी सुस्मा परियारले गरिब हुनुको पिडाले नै जीवन जाने गुनासो गरिन् । “हामी सम्पन्न परिवारमा जन्मेको  भएको भए त के आजसम्म खोला कुरेर बस्नुपथ्र्याे र ?”उनले आफूहरु जस्ता गरि बिपन्नलाई सरकारले केहि ब्यबस्था गरिदिनुपर्ने बताईन् । अब्यबस्थित रुपमा तिनाउ छेउमा बसेकाहरु रातभरी नसुतेको बताउछन् । बुटवलको छेउमै रहेका विनापाते, हात्तिसुढ, खयरघारी, प्रगतिनगर लगायतका क्षेत्रमा प्रत्येक बर्ष बाढीले क्षति पु¥याउने गरेको छ । यो बर्ष पनि जोखिमयुक्त क्षेत्रका बासिन्दाहरुले पूर्व तयारी गरेका छैनन् । क्षति भएपछि मात्रै सुरक्षित स्थानको खोजी गर्ने बानी भएकाले मानिसको ज्यान समेत जाने गरेको भन्दै प्रशाशनले जोखिमयुक्त ठाउ छाड्न सर्वसाधरणलाई आग्रह गरेको छ । जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले प्राकृतिक प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले नदी छेउका जोखिम ठा“उका सर्वसाधरणलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्नुभयो  । आपतकालिन उद्धारका लागि सामाग्री किन्न जिल्ला विकास समितिलाई भनिएको र प्राकृतिक प्रकोपका लागि भनेर मन्त्रालयसंग १० लाख मागिएको बुझिएको छ । जिल्लाका दक्षिणी भेगहरु डुवानको उच्च जोखिममा छन् । रूपन्देहीका तिनाउक्षेत्रका बस्तीहरु बाढीबाट निकै खतरामा रहेका छन् । बाढीबाट पिडित भएको खण्डमा प्रशाशनको तर्फबाट तत्तकालका बाससथानको ब्यवस्था सहित ३ हप्तालाईसम्म पुग्ने गरि राहातको ब्यवस्था गर्ने गरि तयारी थालिएको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले बताए । बर्षेनी तिनाउ नदी किनारका बस्तीमा बाढी पस्ने भएपनि बेलैमा सुरक्षाको ब्यवस्था नगर्दा क्षति हुने गरेको छ  । बेलैमा सर्तक नरहने हो भने गर्मीको कारण तिर्खाएको तिनाउले बर्षात्का बेला नजिकैको बस्ती निल्ने खतरा छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI