असार २४ ( नेकपा एमालेका नेताहरुले एकल जातीय पहिचान सहितको संघीयता पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने बताएका छन । सुर्खेतको बीरेन्द्नगरमा आइतवार भएको भेरी अन्चल स्तरीय अगुवा कायकर्ता प्रशिक्षणमा उनीहरुले एकल जातीय पहिचान सहितको संघीयताले मुलुकलाई बिखण्डन गर्ने भएकोले त्यसलाई एमालेले स्वीकार्न नगर्ने बताएका हुन ।जातीय पहिचान सहितको संघीयता नमानेकै कारण पार्टी सकिन्छ भने त्यो पीडा भोग्न तयार रहेको भन्दै उनीहरुको जातीय राज्यको नाममा मुलुक बिखण्डन हुन नदिने उदघोष समेत गरेका छन । विदेशी शक्तिहरु नेपाललाई असफल राष्ट बनाउने प्रयत्नमा लागिरहेको भन्दै उनीहरुले माओवादी र मधेशवादी दलले त्यसलाई मलजल गरिहेको आरोप लगाएका छन ।नेपालमा जातीय राज्यको बीउ रोपेर केही पश्चिमा देशहरु चीनलाई बिखण्डन गर्ने र भारत नेपालको अस्तित्व समाप्त गर्ने रणनीतिमा रहेको उनीहरुको भनाई छ ।माओवादी र मधेसवादी दलको चर्को बिरोध गदै उनीहरुले माओवादी र मधेसबादी दलकै कारण मुलक जातीय द्वन्द्वतर्फ उन्मुख हुन थालेको उल्लेख गरेका छन । प्रशिक्षणमा उपाध्यक्ष बामदेव गौतमले सवै चिज गुमाउनु परे पनि एमाले एकल जातीय पहिचान सहितको संघीयता पक्षमा नलाग्ने बताउनुभयो ।पार्टीलाई जवरजस्ती संघीयता बिरोधीको रुपमा चित्रन गर्न खोजिएको भन्दै उहाले सिमान्तकृत तथा अल्पसंख्या जातजातिलाई अधिकार सम्पन्न बनाउने पक्षमा एमाले सधै दृढतापूर्वक उभिने समेत गर्नुभयो ।उहाँले वषैदेखि मेलेर बसेका जातजातिबीच जातीय द्धन्द्ध सृजना गरेर माओवादी र मधेवादी दलले नेपाल बिखण्डन गर्ने तत्वलाई मलजल गरिहेको आरोप समेत लगाउनु भयो ।पोटिलव्युरो सदस्य प्रदीप ज्ञवालीले पाटीलाई जातीय जगमा नभई वर्र्गीय जगमा निर्माण गर्नु पर्ने बताउनुभयो ।जातीय राज्यले कसैको भलो नगर्ने भन्दै उहाले जातीय राज्यको नारा लगाउ आफै सकिएर जाने समेत बताउनुभयो ।एमालेका प्रचार बिभाग प्रमुख समेत रहनु भएका नेता ज्ञवालीले प्रेसमाथी अंकस लगाएर माओवादीले अहिले देशमा सर्वसत्ताबाद लादने प्रयत्नन गरिहेको समेत उल्लेख गर्नुभयो ।यस्तै पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले एकल जातीय राज्यमा नभई स्थानीय सरकारलाई सवैभन्दा बलियो बनाउने गरी राज्यको पुर्नसंरचना गर्ने पक्षमा एमाले रहेको बताउनुभयो ।पूर्व सभासद लालबावु पण्डितले जातीय राज्यको नाममा माओवादी र मधेशवादी नेताहरु दशलाई टुक्र्याउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो ।प्रशिक्षण कार्यक्रमा भेरी अंचलका सुर्खेत सहित बाके, बर्दिया,दैलख र जाजारकोटका झण्ड दुई सय अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको छ । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवराज भार, गोबिन्द कोइराला, गौरा प्रसाई, दलबहादुर सुनार लगायतका नेताहरुको सहभागिता रहेको छ ।