Responsive Ad Slot

latest

माओवादीका सचिव देव गुरुङले डाक्टर बाबुराम भट्टराईले सरकार छाड्नुको बिकल्प नरहेको वताउनुभएको

Saturday, July 7

/ by Admin BHOLA THAPA

काठमाडौं, असार २३
माओवादीका सचिव देव गुरुङले डाक्टर बाबुराम भट्टराईले सरकार छाड्नुको बिकल्प नरहेको वताउनुभएको छ।डाक्टर बाबुराम भट्टराइले सरकार छाडेपछि, अहिले देखिएको राजनीतिक गतिरोध हटेर जाने गुरुङले दावी गर्नुभयो ।नवगठित माओवादी पार्टीको तमुवान राज्य समितिले पोखरामा गरेको पत्रकार सम्मेलनमा गुरुङले यस्तो बताउनुभएको हो । डाक्टर भट्टराईको सरकारको बिरोधमा आफूहरु सडकमा समेत जानसक्ने गुरुङले चेतावनी दिनुभयो । पत्रकारहरुको प्रश्नको उत्तर दिदैं गुरुङले राष्ट्रिय सहमति बिनाको पूर्ण बजेट ल्याउन नहुनेमा जोड दिनुभएको छ ।‘राष्ट्रिय सहमति बिना सरकारले आफ्नो एकल प्रयासमा पूर्ण आकारको बजेट ल्याउन खोजेको छ, यदि सरकारको मात्र जोडबलले पूर्ण बजेट आयो भने सरकार कै लागि घातक हुन सक्छ,’– गुरुङले प्रष्ट पार्नुभयो । सचिव देव गुरुङले संबिधानसभा बिघटन गराउनमा मुख्य जिम्मेवार एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड भएको आरोप समेत लगाउनुभयो । पत्रकारहरुकै अर्को प्रश्नको उत्तरमा गुरुङले राजनीतिक दलहरुको सहमति बिना आगामी मंसीर सातको अर्को घोषित संबिधानसभाको निर्बाचन हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।‘अर्को संबिधानसभाको निर्बाचन प्रक्रियामा जानका लागि राजनीति दलहरुका बिचमा सहमति हुनपर्ने, राजनीतिक दलहरुको सहमतिका लागि साना ठूला राजनीतिक दल र संबैधानिक निकायका प्रतिनिधिहरुलाई सहभागि गराई सबैलाइ मान्य हुने गोलमेच सम्मेलन गरिनुपर्ने गुरुङको भनाई छ । माओवादी सचिव गुरुङले यथास्थितिमा संबिधानसभाको पुनस्र्थापना समेत हुन नसक्ने दावी गर्नुभएको छ ।
ल्भधक अगत
Don't Miss
© all rights reserved
made with by netKUTI