काठमान्डौ असार १८ गते । मधेसी जन 
अधिकार फोरम गणतान्त्रिकका असन्तुष्ट नेताहरुले आफ्नो पार्टीको तर्फबाट 
सूचना तथा सञ्चारमन्त्री बनेका राजकिशोर यादवलाई हटाउन आग्रहगर्दै आज 
प्रधामनन्त्री डा बाबुराम भट्टराईसँग छलफल गर्ने भएका छन् । पार्टीकोहित 
विपरित काम गरेकोभन्दै फोरम गणतान्त्रिकका असन्तुष्ट नेताहरुले हिजो 
कार्यवाहक अध्यक्ष समेत रहेका यादवलाई हटाएर नन्दनकुमार दत्तलाई कार्यवाहक 
अध्यक्ष बनाएको घोषणा गरेका थिए ।
 पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको 
बैठकले यादवलाई हटाउने निर्णय गरिसकेको र यसवारेमा जानकारी गराउनको लागि आज
 प्रधानमन्त्रीलाई भेट्न लागिएको असन्तुष्ट केन्द्रीय सदस्य सिताराम 
अग्रवालले सीआईएनलाई जानकारी दिनुभयो । अग्रवालका अनुसार वर्तमान सरकारले 
सन्तरिम संविधानभन्दा वाहिर गएर काम गर्न नछोडेका कारण केही दिनमै फोरम 
गणतान्त्रिकले सरकारबाट बाहिरिने निर्णय गर्नेछ । सूचना तथा सञ्चारमन्त्री 
समेत रहनु यादवले भने पार्टीको नियमविपरित गरिएका निर्णयले अर्थ 
नराद्यनेभन्दै आज पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । 
असन्तुष्ट गणतान्त्रिकका नेताहरुले भने आजकोक केन्द्रीय समितिको बैठकमा 
नजाने बताएका छन्
 
