दोहा–नेपाली जनप्रगतीशील मञ्च कतारको खेलकुद बिभागले आयोजना गरेको भलिबल प्रतियोगीत सम्पन्न गरेको छ । कतारमा कार्यरत नेपाली कम्युनिटीहरुबीच शुरु खुल्ला मैत्रीपूर्ण भलिवल आयोजना गरेको हो । खेलमा १३ टिमले सहभागीता जनाएका थिए । उक्त १३ टिमबाट आफ्नो बिजयी यात्रा तय गर्दै सेमीफाईनलमा बागलुङ सामाजिक सेवा समाज,पोखरा युनाईटेड , व्ल्याक क्याट स्र्पोट क्लब ,पाल्पाली सेवा समाज पुगेका थिए । सेमिफाइनल र फाइनल खेलहरु गत विहिवार रातभरी चलेको थियो ।
सेमिफाइनलमा बागलुङ सामाजिक सेवा समाज र पोखरा युनाईटेड विच भएको पहिलो खेलमा बागलुङ सामाजिक सेवा समाजले सिधा सेट २५–१९ र २५–१७ मा नै फाइनलको यात्रा तय गरेको हो , त्यस्तै सेमिफाइनल कै अर्को खेलमा ब्ल्याक क्याट स्र्पोट क्लब र पाल्पाली सेवा समाज विचको खेलमा पाल्पाली सेवा समाजले बिजयी यात्रा तए गरेको थियो निकै प्रतिस्पर्धात्मक खेलमा पाल्पाली सेवा समाजले जित कब्जा गर्न निकै हम्मे हम्मे परेको थियो । पाल्पाली समाजले २०–२५, २५–२२ र २५–१९ को अन्तरले बिजयी हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
तेस्रो बिजेता छनोट खेलमा पोखरा युनाईटेड र व्ल्याक क्याट स्र्पोट क्लब विचको प्रतिस्पर्धामा ब्याक क्याट स्र्पोट क्लबले सिधा सेट २५–१७ र २६–२४ मा हराएउदै तेस्रो पुरस्कारको दावेदार बनेको हो । सेमिफाइनलको खेल ३ सेटमा खेलाइएको थियो ।
त्यस्तै फाइनल खेलमा बागलुङ सामाजिक सेवा समाज र पाल्पाली सेवा समाज विचमा भएको निकै प्रतिस्पर्धा खेलमा उपाधि बागलुङ सामाजिक सेवा समाजले आफ्नो कब्जामा पार्न सफल भयो । खेलमा बागलुङ सामाजिक सेवा समाजले २५–२१, २५–१९,१९,–२५,२५–२० मा हराउदै बिजेत बनेको हो । फाइनल खेल ५ सेटमा खेलाईएको थियो ।
बिजयसंगै बागलुङ सामाजिक सेवा समाजले प्रमाणपत्र, शिल,मेडल र नगद १ हजार रियाल प्राप्त गरेको छ , त्यस्तै दोस्रो स्थान प्राप्त पाल्पाली सेवा समाजले प्रमाण पत्र ,मेडल र नगद ७ सय प्राप्त गरेको छ , तेस्रो पुस्कार बिजेता ब्याक क्याट स्र्पोट क्लबले प्रमाण पत्र र नगद ४ सय रियाल प्राप्त गरेका छन । उत्कृष्ट खेलाडीको उपाधी बागलुङ सामाजिक सेवा समाजका पहल घर्ति मगरले कप , मेडल र १ सय रियाल प्राप्त गरे भने अनुशाशित खेलाडीको उपाधी पाल्पाली सेवा समाजका यमबहादुर घर्तीले १ सय रियाल र मेडल प्राप्त गरका छन ।
बिजय टिमलाई पुरस्कार मन्चका सल्लाहकार होमनाथ शर्मा,अध्यक्ष रमेश भट्ट, नेपाली समाजका अगुवा सागर नेपाल लगायत खेलकुद बिभागका प्रमुखहरुले प्रदान गरेका थिए । सनैया २१ स्टिटको गेट नम्वर ४३ मा भएको सेमिफाइनल र फाइनल खेलमा उल्लेखनिय दर्शकहरुको उपस्थिती थियो भने रातभरी खेल संचालन भएको थियो ।
खेलमा नेपाल युवा मैत्री तथा ,तनहू“ भानुमति समूह ,जनप्रगतीशील स्पोट्र्स क्लव,एनपीपीएफ स्वयंसेवक समूह,अर्घाखा“ची समूह ,पाल्पा सेवा समाज ,पर्वत युवा खेलाडि ,ब्ल्याक क्याट ,नवलपरासी जनपुरिया युवा क्लव ,पोखरा युनाईटेड क्लव ,स्याङ्जा सहयोग समाज,बागलुङ सेवा समाज ,पाल्पाली सेवा समाज सहभागी थिए ।
Source:www.nqkhabar.com