काठमान्डौ असार २७ गते । पाँच दिने 
नेपाल भ्रमणका सिलसिलामा हिजो नेपाल आईपुग्नुभएका भारतीय स्थलसेनाध्यक्ष 
जनरल विक्रम सिंहले आज पनि आफ्नो भेटघाटलाई जारी राख्नु हुने भएको छ । 
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेट्न दिउँसो पौने १ बजे 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जानुहुनेछ ।
 उहाँहरुबीचको भेटमा नेपाली र भारतीय 
सेनाबीचको सम्बन्ध,आपसी सहयोग लगायतका बिषयमा छलफल हुने प्रधानमन्त्रीको 
नीजि सचिवालयले जनाएको छ । यसैबीच आजै साँझ राष्ट्रपति कार्यालयमा हुने 
विशेष कार्यक्रममा सिंहलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम 
रहेको छ । हिजो नेपाल आउने वित्तिकै सिंहले नेपालका प्रधानसेनापति 
छत्रमानसिंह गुरुङसँग भेटघाट गर्नुभएको थियो ।