latest

नेपाल पत्रकार महासंघ कतार शाखाको चौथो साधारण सभा भब्य ।

Sunday, September 23

/ by Unknown
राजेश्वर ढकाल /भोला थापा क्षेत्री
दोहा -नेपाल पत्रकार महासंघ कतार शाखाको चौथो शुक्रवार दोहाको गोल्डन फ्रर्क रेन्टुरेण्टको सभाहलमा सम्पन गरेको छ । 

संस्थाका अध्यक्ष कुमार कार्कीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय पार्सद नेपाल पत्रकार महासंघ तथा कान्तिपुर प्रवास साप्ताहिकका अरब ब्युरो संवाददाता होम कार्की  प्रमुख अतिथि, विशेष अतिथी नेपालबाट आमन्त्रित प्रवासी नेपाली पत्रकार महांसघ नेपाल शाखाका केन्द्रीय सदस्य दामोदर नेपालपाकिस्तानी कम्युनिटी मोहम्मद सिद्धिकी, बंगलादेशी कम्युनिटी अमिनुक हक लगायतका सार्क राष्ट्रहरुका पत्रकारहरुको उपस्थिती थियो । 


शुभकामना दिदै अतिथिहरुले पत्रकारहरुले सत्य तथ्य घटनाहरुलाई मात्र बाहिर ल्याउनु पर्नेमा जोड दिर्दै समाज र राष्ट्रको विकाशको लागि कलम चलाउन पर्ने घारण राखे । उनीहरुले खालि नकारात्मक समाचारहरु मात्र प्राथमिकता दिदा सकारात्मक समाचार ओझेलमा परेको तर्क समेत राखे । उनीहरुले नयाँ बन्ने कार्यसमितिले स्वच्छ पत्रकारिता गर्दै समाजलाई सहि मार्गमा डो¥याउने प्रयास गर्न आग्रह गर्दै नयाँ बन्ने कार्यसमितिलाई शुभकामना दिएका थिए । 

धारण राख्नेहरुमा एनआरएन आइसिसि सचिव टिवि कार्की, एनआरएन मध्य पुर्व सयोजक नरेन्द्र भाट , ब्यावसायी सागर नेपाल, एनआरएन एनसिसि का सचिव विनोद भटराई , नेपाली जनसम्पर्क समितीका सभापति विमल सुवेदि , नेपाल लोकतान्त्रिक मंचका अध्यक्ष दिल किरण खजुम, नेपाली एकता समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठ , नेपाली जनप्रगतिशिल मंन्चका उपाध्यक्ष तिल विक्रम थेवे  , नेपाल ईन्जीनियर एशोसियशन का राकेश, अर्घाखाचिँ समाज सेवाका युवा राज पाण्डे ,आदिवासी जनजाति महासंघका उपमहासचिव धिरज चाम्लीङ राई, प्रवासी नेपाली मुस्लिम समाजका अध्यक्ष यकुव रायन ,प्रवासी नेपाली मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु थिए । 

राजधानि अन्तराष्ट्रिय साप्ताहिकका संयोजक दीपक पौडेलले कुन कुराको प्राथमिकता छ त्यसैलाई पत्रकारहरुले उठाउनु पर्ने बताउर्दै सकारात्मक पक्षलाई जोड दिनु पर्ने धारण राखे ।

त्यस्तै विदेशी पत्रकारहरुले  यसरी  कार्यक्रममा उपस्थित हुन पाउदा खुशी लागेको र नेपाल पत्रकार महासंघसंग सहकार्य गर्नेमा जोड दिए । उनीहरुले सार्क पत्रकारहरुको समुहको लागि समेत प्रस्ताव गरेका थिए । 

नेपालबाट आमन्त्रित महासंघका केन्द्रीय सदस्य  दामोदर नेपालले पत्रकारिताको आचार नियामहरु र नेपालका पत्रकारहरु र प्रवासका पत्रकारहरुको वारेमा लगायत अहिल्य भएको विभिन्न अनलाईन वेव पत्रिकाहरुको बारेमा केही सुझाव दिए । उनले कतारबाट आफुले निकै अपेक्षा राखेको बताउदै विदेशमा सबै भन्दा बढि सदस्यहरु रहेको शाखा कतार भएको बताए । उनले प्रवासबाट सकारात्मक समाचारहरुलाई प्राथमिकता दिनुपर्ने घारण राख्दै नयाँ बन्ने कार्यसमितिहरुलाई शुभकामना ब्यक्त गरे । 

त्यस्तै प्रमुख अतिथि कार्कीले जहाँ नेपाली समाजको बाक्लो माहोल छ त्यहा पत्रकार महासंघ स्थापना हुन्छ । कतारमा नेपाली समाजको सुन्दर उपस्थिती र सक्रिय भएको बताउदै । कामदार मात्र नभएर आवाज विहिनको आवाज बन्ने पत्रकार पनि भएको तर्क राखे  । केहीले यसलाई नजर अन्दाज गर्नु र वैध र अवैध भन्नु हास्यादपद भएको बताए । उनले कतारमा काम गर्ने धेरैले बचेको समय पत्रकारिता गर्ने र उसले पत्रकारिता गर्दा पत्रकारिता धर्म निभाएको छ कि छैन भन्नेकुरामा ध्यान दिनुपर्ने महासंघ चनाखो हुनु पर्ने बताए ।  
            पत्रकारहरुलाई आवाज विहिनहरुको आवाज बन्नु पर्ने जोड दिए ।

कार्यक्रम सभापति कुमार कार्कीले विभिन्न संघसंस्था ,ब्यक्तिहरुले पत्रकार महासंघका गतिविधिहरुलाई नियालेर सहयोग गर्नुभएका सबै प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे ।


कार्यक्रम संयोजक करिव बक्स मियाँले सबैमा धन्यावाद ज्ञापन गर्दै एक तर्फी कार्यक्रम समापन भएको घोषण गरेका थिए । ‘शान्ति र लोकतन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता’ मुल उद्धोषका साथ सम्पन्न कार्यक्रमममा प्रमुख अतिथिहरुबाट दिप प्रज्वलन, ब्यानर अनवरतसंगै राष्ट्रिय गानबाट कार्यक्रमलाई अगाडी बढाए कार्यक्रम संचालक निराजन भण्डारी , संगीता रिजालले र सस्थाका उपाध्यक्ष क्रान्ती सिंहले स्वागत मन्तब्य ब्यक्तका साथै कार्यक्रमको औचित्य बारेमा प्रकाश पारेका थिए । 

कार्यक्रममा महासंघलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था र ब्यक्तिहरुलाई  प्रमुख अतिथी कार्कीको हातबाट सम्मान पत्र वितरण गरिएको थियो । 

कतार पत्रकार महासंघको अध्यक्षमा -रबी
नेपाल पत्रकार महासंघ कतार शाखाको चौथो  अधिवेशनबाट पत्रकार रवि रोषी निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्ष गणेश प्रसाद वन्जाडे , सचिव दिपक पुडासैनी , सह सचिव प्रेम लामा , कोषाअध्यक्ष  गणेश बहादुर वानियाँ छानिए भने सदस्यहरुमा चिरनजिवी तिमीसिना ,अजिज अलि , भोला थापा क्षेत्री , विष्णु प्रसाद भुसाल चयन भए । सबै कार्यसमितका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन । 

निर्वाचन समितिका संयोजक विल गुरुङ, सागर नेपाल र राजेश दर्शन अर्यालको टोलीले उक्त कार्यसमितिको घोषणा गरेका थिए । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निवाचन समितका संयोजक विल गुरुङले सपथ ग्रहण गराए भने सदस्य द्धव सागर नेपाल र राजेश दर्शन अर्यालले शुभकामना ब्यक्त गदै कार्यकाल सफलताको शुभकामना दिएका थिए । 

कार्यक्रमको अन्त्यमा निर्वाचित अध्यक्ष  रवि रोषी ले सम्पुर्ण कार्यसमितीलाई आगमी दिनमा नेपाल पत्रकार महासंघलाई सबै मिलेर अगाडी ल्यैजानु पर्न र कार्य समिती मात्र नभएर जो कतार शाखामा परिचया पत्र साधारण सदस्यहरुको पनि उत्तिकै दायित्व रहेको बताउदै सहयकार्यको लागि जोड दिए । 

Don't Miss
© all rights reserved
made with by netKUTI