भोला थापा क्षेत्री

उहाले जुनसुकै परिस्थतिमा सहयोग गर्न तयार
रहेको बताउ“दै आफू चार लाख नेपालीको अभिभावक रहेको बताउनुभयो । ‘म आफै“
महिला भएका कारण महिलाको अप्ठ्याराका लागि सधै साथमा हुनेछु ।’ राजदूत
शर्माले प्रवासमा रहेर आफ्नो संस्कृति जर्गेना गर्न र माइतिको आ“गन बिसाउन
समाजले गरेको कार्यक्रमप्रति प्रशंसासमेत गर्नुभयो ।
समाज
की अध्यक्ष रेखा राईको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन (आइसिसी)का
सचिव टिबी कार्की, एनआरएन एनसिसि उपाध्यक्ष गुरुनारायण रानाभाट, नेपाल
प्रवासी मुस्लिम सेवा समाजका मक्सुद आलम, अन्तर्राष्ट्रिय नेपाल कलाकार संघ
दोहा कतारका अध्यक्ष डिएन मगर, अन्तर्राष्ट्रिय कलाकार मञ्चकी अध्यक्ष
सोभिता सिंखडा, नवोदित साहित्यिक मोबाइल पुस्तकालय कतार अध्यक्ष तीर्थ संगम
राई, प्रवासी नेपाली सांगीतिक परिवार कतार अध्यक्ष शक्ति क्षेत्री, नवोदित
साहित्यक वाचनालय दोहा कतारका काबा अध्यक्ष युगयोगी राईलगायत विभिन्न
सामाजिक संघ सस्था प्रतिनिधिहरू, पत्रकारहरू, व्यावसायीहरूको सहभागिता थियो
।

कसले बाजी ठोके ?
कतै मादल बज्यो भने नाचौ“ नाचौ“ हुन्छ
म जस्तो राम्रो ना“च्ने भन यहा“ कुन छ ?
सबैले गीत गाऊ“, मैले राम्रो ना“च्ने कि तिम्ले राम्रो नाच्नी
बाजी ठोकम् आऊ झिल्के बाजी ठोकम आऊ
मैले जिते घर ज्वाइ“ बस, तिम्ले जिते लैजाऊ
सबैले गीत गाउ“, झिल्के बाजी ठोकम आऊ,……. ओई बाजी ठोकम आऊ ।
चर्चित
लोकगायिका देविका केसी गुरुङको यो तिजको चर्चित गीत बज्दै थियो उपस्थित
प्रमुख अतिथि, विशेष अतिथि, सभापति तथा सहभागीहरू एकएक अगाडि आएर नाच्न
थाले उद्घोषिका कल्पना गुरुङले गर्नुभएको उक्त रमाइलो कार्यक्रममा दर्शकको
बाजी ठोक्नभन्दा पनि ताली ठोके ।

हरियो चुरा मेरो हातभरि बोलको गीतमा जुनी
नेपाली, सोनु तामाङले युगल नृत्य देखाएका थिए, सन्ध्या ग्रुप अल्खोर कतारका
कलकार सरु तामाङ, पवित्रा लामा, सुरज तामाङ, वीरेन्द्रकुमार यक्थुम्बा
लरक्क लर्को रातो साडी भुइ“मा बोलको गीतमा ग्रुपिङ नृत्य गरी दर्शकलाई चकित
पारे ।
कार्यक्रम सफल बनाउन विभिन्न संघ–संस्थाका
तथा व्यवसायी समाजसेवीले आर्थिक सहयोग गरेका थिए । करिब पा“च घन्टा चलेको
कार्यक्रममा हल क्षमताभन्दा बढी उपस्थित दर्शक भएपछि आयोजकलाई व्यवस्थापन
गर्न हम्मे परेको थियो । होटलमा समस्य पर्न गएको भन्दै कार्यक्रम समापन
गरेका थिए ।
Watch Video