Responsive Ad Slot

latest

सेन्सरसीप लाद्न खोजिएको समाचार प्रमुख काफ्लेको भनाई

Wednesday, January 23

/ by Unknown

दमौली  १० माघ /  तनहुँको सदरमुकाम दमौली स्थित दमौली एफ.एम.का समाचार प्रमुख प्रदीप काफ्लले दमौली एफ.एम. बाट प्रशारण हुने समाचारमा सेन्सरसीप लाद्न खोजिएको भन्दै कडा आपत्ति जनाएका छन् । समाचार प्रमुख काफ्लेले मंगलबार एक विज्ञप्ती जारी त्यस्तो आपत्ति जनाएका हुन् । काफ्लेद्धारा जारी विज्ञप्तीमा कार्य समितिको आड लिएर एफ.एम.का निर्देशक गोपाल प्रसाद भण्डारीले सेन्सरसीप लाद्न खोजिएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तीमा एफ.एम.का निर्देशक भण्डारीले समाचार रुजु गराएर मात्र प्रशारणमा लैजान निर्देशन दिएको  उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तीमा हालसम्म नियुक्ति पत्र नदिइएको ,न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके बमोजिम पारिश्रमिक र नियुक्ति नदिइएको समेत उल्लेख गरिएको छ । यस विषयमा एफ.एम.का निर्देशक गोपाल प्रसाद भण्डारी संग सम्र्पक राख्दा निर्देशक भण्डारीले आफूले व्यक्तिगत ढंगले केही नगरेको र समितिले दिएको जिम्मेवारी पुरा गरेको बताएका छन् । स्रोतका अनुसार नेपाल शिक्षक संघ तनहुँको सातौ जिल्ला अधिवेशनको नतिजा प्रशारण सम्बन्धी समाचारको विषयलाई लिएर समाचार प्रमुख काफ्ले र निर्देशक बीच विवाद बढेको हो । समाचार प्रमुख काफ्लेले विजयी उम्मेदवार विजय पौडेललको अन्तरवार्ता लिएपछि निर्देशक असन्तुष्ट बन्न पुगेका थिए । सोही विषयलाई लिएर एफ.एम.का ंसंरक्षक गोविन्दराज जोशीको उपस्थितीमा केही दिन अगाडि बैठक समेत बसेको थियो ।सो बैठकमा समाचारको विषयलाई लिएर चर्को आलोचना भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI