राम बहादुर धामी, आ“बुखैरेनी, १४ जेठ । नेपाली कांगं्रेसका सभापति शुसिल कोईरालाले मंसिर भित्र संविधान सभाको निर्वाचन हुने बताउनुभएको छ । मंसीरमा चुनाव हुने कुरामा शंका नर्गन समेत सभापति कोईरालाले सबै जनतालाई आग्रह गर्नुभएको छ । तनहु“को आ“बुखैरेनीमा आज बिहान मेरो साथी एफएमस“गको कुराकानीमा अब हुने संविधान सभाको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर बिजयी हुने दाबी गर्नुभएको छ ।
त्यस्तै बर्तमान सरकारले संविधान सभाको निर्वाचन गर्नुको विकल्प नभएको सभापति कोईरालाले बताउनुभएको छ । उहा“ले खिलराज रेग्मीको नेतृत्वको सरकारले संबिधान सभाको निर्वाचन गराउने जानकारी दिनुभएको छ ।