जय सङ्गत’ भन्दै आफूलाई शाकाहारी अनि धार्मिक नारीको रूपमा परिचित गराउँदा निकै गौरव मान्ने पूजा प्रधान, पुजना प्रधान, पूजा गुरुङ वा पुजना स्त्री जे भने पनि तिनै पुजना स्त्री शाकाहारी त होलिन् तर आफू मासु नखाए तापनि आफ्नो शरीरका संवेदनशील अङ्गहरू क्यामेरामा देखाउन भने निकै खप्पिस मानिन्छिन्। आफ्नो शरीरका संवेदनशील मांसपेशीहरू चलचित्र ‘रक्षा’का लागि देखाएपछि यतिबेला धेरै नाम भएकी पूजा निकै आलोचित हुन थालेकी छिन्।

चलचित्रका निर्देशक राजु गिरीले धेरै समय यो दृश्यमा खेल्नका लागि थुपै्र नयाँ अनुहार खोजे तर बेडसिन भनेपछि कसैले पनि मानेनन्। क्यामेराको अनुहार पनि नदेखेका नयाँ कलाकारहरूले समेत इन्कार गरेको दृश्य स्थापित भइसकेकी पुजनाले आँखा चिम्लिएर खेलेपछि सिनेमा खेल्नका लागि पुजनामा अझै पनि लोभ रहेछ भन्ने कुरा स्पष्ट भएको छ। पौने दुई लाखको हल्ला चलाए तापनि पुजनाले जम्माजम्मी पचास हजारको भरमा आफ्नो फिल्मी क्यारियर नै ध्वस्त हुने दृश्य दिएको खुलासा भएको छ। पचास हजारका लागि सिनेमामा नग्न हुन तयार भएकी पुजना यतिबेला तनावमा छिन् र त्यो दृश्य कसरी हटाउने? ‘मुडअफ’ छ यतिबेला उनको।